

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको जानकारी दिएका छन् । मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्र बैंकका गभर्नर अधिकारीले बैंक तथा वित्तीय क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको र अगामी दिनमा समस्या नआउने जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनको क्रममा गभर्नर अधिकारीले भने, ‘बैंक तथा वित्तीय क्षेत्र सुरक्षित छ र सानातिना धक्काले अफ्ठेरो पर्ने अवस्था हामी देख्दैंनौं ।’
गत वर्षसम्म नेपालको बाह्य क्षेत्र चापमा रहेपनि यतिबेला सुधार भएको उनले बताए । गत वर्षसम्म विदेशी मुद्राको सञ्चिती रित्तिँदो अवस्थामा थियो भने चालू खाता र घाटा र आयात ह्वात्तै बढेको उनले स्पष्ट पारे। तर, यतिबेला यी सबै पक्ष सुधारात्मक अवस्थामा रहेको गभर्नर अधिकारीले बताएका हुन् ।

उनले भने,‘गत वर्षसम्म नेपालको बाह्य क्षेत्र चापमा रहेपनि यतिबेला सुधार भइसकेको स्थिती छ। गत वर्षसम्म विदेशी मुद्राको सञ्चिती रित्तिँदो अवस्थामा थियो भने चालू खाता र घाटा र आयात ह्वात्तै बढेको थियोे। तर, यतिबेला यी सबै पक्ष सुधारात्मक अवस्थामा छ ।’





