अब नेपालमा बनेका सवारी साधन दर्ता हुने

काठमाडौँ । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न सक्नेगरी नयाँ व्यवस्था गरेको छ ।यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गरेर उक्त व्यवस्था लागु गरिएको हो । बुधबार यातायात व्यवस्था विभागले कार्यविधि संशोधनको निर्णय गर्दै नेपालमा बनेका सवारी साधन दर्ताको बाटो खोलिदिएको हो । 
Yatri Project One Price in Nepal | Electric, Specs, Ranges, Addons

विभागले उक्त कार्यविधिको बुँदा नम्बर ११.१ अन्तर्गत नयाँ बुँदा थप गरेर सो व्यवस्था मिलाएको जनाएको छ ।

यसअघि सवारी साधन दर्ता गराउँदा भन्सार प्रज्ञापनपत्र आवश्यक पर्ने नियम थियो । यो आयातीत सवारी साधनका हकमा लागु हुने भए पनि नेपालमै बनेको साधनका लागि कानुनी व्यवस्था थिए । त्यसैकारण नयाँ बुँदा थप गरेर कार्यविधि संशोधन गरिएको हो ।

थपिएको बुँदामा भनिएको छ, ‘निर्देशिकामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए पनि विदेशबाट पार्टपुर्जा पैठारी गरी नेपालमा जडान हुने वा नेपालमा नै उत्पादन हुने सवारीको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनः दर्ता र नामसारीलगायतका प्रयोजनका लागि त्यस्तो सवारीको भन्सार प्रज्ञापनपत्र आवश्यक पर्नेछैन ।’

यसैगरी थप गरिएको दोस्रो बुँदामा नेपालमा उत्पादन हुने सवारीको नयाँ दर्ताका लागि जडानकर्ता वा उत्पादक कम्पनीले भन्सार प्रज्ञापनत्रको सट्टा मूल्यअभिवृद्धि कर बीजक र प्रचलित कानुनबमोजिम अन्तःशुल्कसम्बन्धी प्रावधान आकर्षित हुने सवारीको हकमा शुल्क निकासी फारम समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

पछिल्लो समय नेपालमै उत्पादित मोटरसाइकल ‘यात्री’ले दर्ता नपाएको समाचारहरु बाहिरिएपछि सरकारको ध्यानाकर्षण भएको थियो । लगत्तै कार्यविधि संशोधन गरिएको हो ।images