सामन्तबादका अवशेश उन्मुलन आजको आवश्यकता प्रदेश प्रमुख शेरचन ।

Workplace

बुटवल  ,  लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले सामन्तबादको अवशेश बाँकी रहेको भन्दै त्यसको उन्मुलन आजको आवश्यकता रहेको बताएका छन । अन्तरराष्ट्रिय श्रमिक दिवस’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीविहरुमा शुभकामना व्यक्त गर्दै उनले यस्तो भनेका हुन ।

श्रमिकहरूको हक अधिकार स्थापित भएको दिन मे १ को स्मरण गर्दै प्रदेश प्रमुख शेरचनले सम्पूर्ण श्रमजीविहरुमा सुख, शान्ति, समृद्धि एवम् सुस्वास्थ्यको लागि शुभकामना व्यक्त गरेका हुन।

शेरचनले शुभकामना सन्देश जारी गर्दै भनेका छन्, “श्रम अधिकार सुनिश्चितताको लागि निरन्तर वैचारिक संघर्ष गरिरहनुस र सफलता प्राप्त गर्नुहोस भन्ने आफ्नो हक, हित, अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गर्नका लागि विश्वभरिका श्रमजीवीहरुसँग भाइचारा, एकताको सुत्रमा बाँध्न यस दिवसले सहयोग पुग्ने अपेक्षा लिएको छु ।”

“श्रमिकलाई उच्च सम्मान गर्दै औपचारिक र अनौपचारिक सबै खाले श्रमलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सम्बन्धित पक्षको ध्यान जानेछ भन्ने पनि बिश्वास लिएको छु ।” जारी सन्देशमा उल्लेख छ ।

आज पनि सामन्तवादका अवशेषहरुद्धारा शोषण र उत्पीडन कायमै रहेको भन्दै त्यसको उन्मुलन आजको आवश्यकता रहेको शेरचनको भनाइ छ । यस्तै श्रमिकमैत्री नियम कानुन निर्माण र कार्यान्वयन गर्न शेरचनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

अन्य समाचारहरु