‘दोषी ठहरिए देउवा, ओली र प्रचण्ड कसैलाई छोड्नु हुँदैन’- वरिष्ठ चिकित्सक डा. गोविन्द केसी

1

काठमाडौँ- भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् नागरिक आन्दोलन सुरु भएको छ । काठमाडौँको नक्शालमा नागरिक अगुवाहरू मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपविरुद्ध वृहत् आन्दोलन सुरु गरेका हुन् ।

Dr Govinda KC warns to disobey Election Commission's instructions -  myRepublica - The New York Times Partner, Latest news of Nepal in English,  Latest News Articles

प्रदर्शनमा बोल्दै वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले भुटानी शरणार्थी प्रकरणको सत्यतथ्य छानबिन गर्न सरकारले खुट्टा कमाउनु नहुने बताए । उनले भ्रष्टाचारको विस्तृत छानबिन हुनुपर्ने र निष्पक्ष रूपमा छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

May be an image of 8 people, crowd and text

सरकारले शीर्ष नेताहरूको पनि छानबिन गर्नुपर्ने र छानबिनमा दोषी ठहरिए कारबाही गर्नुपर्ने उनले जिकिर गरे । उनले ठूला नेताहरू भ्रष्ट नभइकन साना तहका नेताहरूले भ्रष्टाचार गर्न हिम्मत नगर्ने तर्क राखे ।

May be an image of 3 people and text

केसीले प्रधानमन्त्री पुष्पकमल दाहालको पार्टी भ्रष्टाचार गर्ने भाग नपुगेका कारण अहिलेको भुटानी शरणार्थी प्रकरण बाहिर ल्याएको तर कोही पनि पार्टी भ्रष्टाचार गर्नबाट ओभानो नरहेको स्पष्ट पारे ।

1images