

काशीराम घिमिरे, काठमाण्डौ।
काठमाण्डौ – नितितथा कार्यक्रम सरकारले ल्याउने बजेट अघिको विशेष कार्यक्रम हो । यसमा सरकारका विभिन्न कार्यक्रमहरु बारे समेटिएका हुन्छ्न । एउटा तथ्य कुरामा आधारित भएर विभिन्न योजना आबस्यकता बारे योजनाबिद साथै देशका बिज्ञ ब्यक्तिको आफसी छलफल बिचार बिमर्श तत्य बाट सरकारले एकबर्ष भित्र गर्ने योजना लक्षहरु बारे तयार पारेको सुचि बुझिन्छ।


यसमा जनताको आबस्यकता देशको स्थिती नयाँ -नयाँ आयोजना बारे तथ्यगत बिबरण ,देशका हरेक क्षेत्र अन्तर्गत शिक्षा स्वास्थ्य रोजगार उत्पादन आदि बारेमा बिस्तृत खाका प्रस्तुत संसदको दुवै सदनमा रास्ट्रपति बाट प्रस्तुत गरिन्छ।जसले देश बनाउने एउटा विशेष खाका प्रस्तुत गर्दछ।जसले जनताका एजेन्डा लाइ सम्बोधन गर्दछ ।निजि क्षेत्रलाइ समेटिएको हुन्छ।
एउटा सुन्दर देश बनाउने थुप्रै योजना हरु समेटिएको हुन्छ। यसै तथ्यलाई समेटिएर देशमा बजेटको सिर्जना गरिएको हुन्छ।

गत जेष्ठ पाँच गतेबर्तमान सरकारले संसदको दुवै सदनमा एकैसाथ सम्मानिय रास्ट्रपति मार्फत विशेष रुपमा प्रस्तुत गर्यो ।ऐलेको देशको स्थिति आर्थिक रुपले केही समस्यामा छ ।अर्थ क्षेत्रका जानकार आर्थिक बिज्ञ हरुले निरन्तर सचेत गराइरहेका छ्न ।रास्टबैकले पनि आफ्नो मौद्रिक नीति मार्फत आर्थिक सर्बेक्षण जारी गरेको छ ।
बैक हरुमा ब्यबासयको लागि सहज रुपमा कर्जा पाइदैन ।सानो स्तर बाट बजार चलायमान गराउने सहकारी क्षेत्र यो बर्ष केही समस्यामा छ्न ।जसले गर्दा उधोग धन्दा ब्यपारिक क्षेत्र तथा ब्यपारी बर्गलाइ असर हुन गएको छ।यो आर्थिक क्षेत्र कसरी समाधान गर्ने भन्ने यो नीति तथा कार्यक्रममा स्पष्टता देखिएन यसले आर्थिक क्षेत्रलाई छुन सकेन ।

देशमा काम गर्ने युवासक्ती दिनमा हजारौंको संख्यामा बिदेश गएको छ लाखौं बिदेशमा श्रम गरेर आफ्नो जिविका चलाइ रहेका छ्न ।उनिहरुलाइ स्वदेशमै रोज गारी शृजना गर्ने उनिहरुलाइ बिदेश पलायन हुनबाट रोक्ने कुनै तथ्यगत आधार देखिएन ।देशको ब्यापार घाटा बीस खर्व माथि गइ सक्यो त्यो बारे कसरी यसको न्यूनीकरण गर्ने भन्ने उदेश्य यसमा छैन ।
अर्थतन्त्रमा छिटो चलायमान बनाउने कृषि क्षेत्रमा कुनै योजना कार्यक्रम देखिएन ।कृषि प्रधान देशमा खर्वौको खाद्यान्न बस्तु भारत लगायत बिदेशी देशबाट आयात गर्नुपर्ने स्थिती छ ।यसको समाधानको लागि स्पष्ट देखिएन । बन्द भएका उद्योगको पुन संचालन गर्ने भनिएको छ त्यो स्वागत योग्यहो तर कसरी संचालन गर्ने भन्ने हरेक बर्ष नारामा मात्रै बुधामा मात्रै सिमित हुने गरेकोछ। यो नितितथा कार्यक्रममा समग्र देशको परिकल्पना छैन तथ्यगत आधार हरु देखिएन ।

देशमा उद्योग धन्दा कृषि पर्यटन हाइड्रोपावर शिक्षा स्वास्थ्य हरेक क्षेत्रको स्पष्ट खाका देखिएन । मिठा शब्द धेरैछ्न तर स्पष्ट खाका छैन कुनै कुराको समाधान महङ्गी न्यूनीकरण गर्ने स्वदेशी उत्पादनलाई प्रसर्य दिने बिदेशी उत्पादनलाई न्यूनीकरण गर्ने ।भन्ने खाका देखिएन पुरानै नाराहरु बढी देखियो परम्परागत रुपमा आयो ।नयाँ तथ्यमा आधारित देखिएन । त्यसैले नितितथा कार्यक्रममा केही सुधार गर्नुपर्ने हुन्छ ।
नयाँ योजना बिकास निर्माण रोजगारी बारे प्रत्येक जिल्लाका माननीय हरुको खाका र बिज्ञहरुको छलफल बाट र बिगतका तथ्यबाट विभिन्न योजना हरु र जनताका एजेन्डा र देशका बर्तमान समस्या समाधान निकाल्ने जनअपेक्षित नितितथा कार्यक्रम आउनुपर्छ। जसले समग्र देशको परिकल्पना गर्न सकोस ।
-काशीराम घिमिरे अर्थशास्त्रको बिद्यार्थी हुनुहुन्छ।






