पत्रीकामा आज : शरणार्थी प्रकरणमा सिहंदबारदेखि बालुवाटार र मन्त्रीक्वाटर पुगेर करोडौँ बुझाइएको थियो, आईजीपी वसन्तबहादुर कुँवरको भूमिका पनि शंकास्पद

काठमाडौं। काठमाडौंबाट आज (बुधबार) प्रकाशित दैनिक पत्रिकाहरूले नेपालीलाई ‘नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा लागेको गिरोहका नाइकेहरूले सिंहदरबार र बालुवाटारमै गएर करोडौँ रुपैयाँ लेनदेन गरेको’ समाचार छापेका छन्।

गिरोहका नाइके सानु भण्डारीले सरकारी तहबाट काम गराउन सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी गरेको बयानलाई पत्रिकाहरूले प्रमुखताका साथ छापेका छन्।

साथै तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले हिरासतबाटै पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पत्र लेखेर बिचौलियाको बयान फेराउन आग्रह गरेको खुलासासहितको समाचार छ।

प्रेस रिभ्यूः शरणार्थी प्रकरणमा सिहंदबारदेखि बालुवाटार र मन्त्रीक्वाटर पुगेर करोडौँ बुझाइएको थियो

उनले लेखेका दुई पत्र प्रहरीले बरामद गरेको छ। दुवै पत्र खाणका स्वकीय सचिव नरेन्द्र केसीमार्फत पठाइएको थियो।

पाण्डेले पठाएका दुईमध्ये एक पत्र खाणले प्रहरीको हातबाट खोसेर च्यातिदिएको थिए। त्यसलाई टेपले टाँसेर जोडेर प्रहरीले सुरक्षित बनाएको छ । दोस्रो पत्र नरेन्द्र केसीबाट बरामद भएको हो । उनको घरबाट बरामद भएको अर्काे एक कागज भने खाणले च्यातेर चपाएर निलेको प्रहरी दाबी छ ।

1

गिरोहका नाइकेहरूले तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, छोरा प्रतीक, सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृह सचिव प्रेमकुमार राई, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, त्यस बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्य, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, उनका स्वकीय सचिव नरेन्द्र केसी, गृह सचिव टेकनारायण पाण्डेलगायतलाई रकम बुझाएको बताएका कुरालाई नयाँ पत्रिका, कान्तिपुरलगायतले मुख्य समाचार बनाएर छापेका छन्।

स्रोतलाई उद्धृत गर्दै नयाँ पत्रिका लेख्छ, ‘‘नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै पैसा उठाउने योजना सुरुमा नेता टोपबहादुर रायमाझी र उनीनिकट बिचौलिया सानु भण्डारीले बनाएका थिए। त्यसका लागि सर्वसाधारणसँग पैसा नै नउठाई सानुले डेढ करोड लगानी गरेका छन्।

images

1

समाचारमा उल्लेख भएअनुसार त्यो पैसा एडभान्सका रूपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राईलाई दिएका थिए । रायमाझीकै आग्रहमा त्यसरी आफूले सुरुमा डेढ करोड लगानी गरेका थिए।

images

सरकारी वकिलको कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका बाँकी ‘हाई प्रोफाइल’विरुद्ध अनुसन्धान गर्न प्रहरीलाई पत्र काट्ने तयारी छ। थप ‘हाई प्रोफाइल’विरुद्ध पनि तत्काल अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिने तयारी गरेको भइरहेको समाचारमा उल्लेख छ। यो विषय पूर्व गृहमन्त्री राम बहादुर थापा बादल मौन छन्। उनका छोरा प्रतीक फरार छन् । कान्तिपुरका अनुसार तत्कालीन गृह सचिव प्रेमकुमार राईलाई इन्द्रजितमार्फत १ करोड रुपैयाँ गाडीमा राखिदिएको मुख्य नाइके सानु भण्डारीको दाबी छ ।

images

तत्कालीन गृहमन्त्री थापाले छोरा प्रतीकमार्फत मन्त्री क्वार्टरमै बोलाएर ३ करोड लिएको उनको दाबी छ । त्यसमध्ये १ करोड थापा पत्नी नैनकलाले बुझेको उनले बताएका छन् । यस्तै प्रतीकले २०७६ असारमा नक्सालको एक होटलमा छुट्टै १ करोड रुपैयाँ लिएको दाबी गरिएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकले भने यसबारेमा कुनै समाचार छापेको छैन।

केही अनलाइन समाचारले भने करोडौँ असुली गरिएको प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको भूमिका पनि शंकास्पद देखिएको उल्लेख गरेका छन्।

Nepal life insurance

कुँवरको गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग सम्पर्क र भेटघाट भएको अनुसन्धानका क्रममा भेटिएका विवरणबाट देखिन गएको सप्रमाण छापेका छन्।

तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण पनि फेला पारेको छ। जसमा पाण्डेले कुँवरसँग गिरोहलाई जोडिदिएको खुलेको छ।

-नेपालभ्यु

Nepal Telecocme