दिल्ली प्रवासी नेपाली प्रेरणा समितिको अध्यक्षमा अर्घाखाँचीका प्रकाश बन्जाडे चयन

-राम प्रसाद बन्जाडे  , अर्घाखाची डट्कम।

नयाँ दिल्ली – अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ३ मा जन्मनु भएका प्रकास बन्जाडे भारतको नयाँ दिल्लीको नरेनामा लामो समयदेखि बसोबास गर्दै आफ्नो सम्पुर्ण परिबारको साथ कर्मथलो बनाई आएका हुन । आफ्नो जन्मभुमी र आफ्नो देश प्रती आफ्नो भाषालाई  घरदेखि प्रदेश अनी बाहिरको समाज सम्म पुग्दा  आफ्नो देश भुमीलाई माया गर्दै आफ्नो देशको गाउँ देखि सहर सम्म तराई देखि पहाड सम्म गुन्जी रहने  लोकदोहोरीमा अभिनय गर्दै आएका छन। यही क्रममा बन्जाडेलाई दिल्ली स्थित सम्पुर्ण प्रवासी नेपाली प्रेरणा समितिले अध्यक्ष जस्तो पदमा चयन गरेको छ।

1

यसैगरी अर्घाखाँची जिल्ला भुमिकास्थान ३ का प्रकाश बन्जाडे अध्यक्ष , मालारानी बागिका गोबिन्द पान्डे सचिबमा,अर्घाखाँची सामने गाउँका दुर्गा खनाल स -सचिब चयन हुनु भएको छ।

No description available.

छिमेकी देश भारतमा लाखौं नेपालीहरु कर्म थलो बनाई बसेका छ्न। यो कुनै नौलो समाचार त होइन तर आफ्नो रहनसहन र संस्कृति प्रती नेपालीहरुले आफ्नो परम्परा र मौलिकता प्रती सधैं रमाइलोपन आकर्षक गर्ने हाम्रा महान नेपाली आमाका सन्तानहरु छिमेकी देश भारतमा बसोबास गरेपनी आफू एकजुट भएर सधैं नेपालीहरुलाई दु:ख सुखमा साथ दिने क्रम निरन्तर बढदो छ।

No description available.

यहि अाउदाे जुन ४ गतेको दिन सम्पुर्ण नेपालीको नाम प्रवासी नेपाली प्रेरणा समिति द्वारा आफ्नो सस्थाको कार्यक्रम राखिएकाे हुदा सो कार्यक्रममा जन्म भुमी छोडेर भारत प्रबासमा बसोबास गर्नु हुने सम्पुर्ण नेपाली दाजु भाइ, दिदी बहिनी बुद्धि जिबि, पत्रकार विद्यार्थी सम्पुर्णलाई नेपालीहरुका सम्पुर्ण चाड पर्वहरुमा जस्तो गरी सधैं निमन्त्रणा गरि बोलाउने सस्थाको चलन छ।

नेपालबाट कलाकारहरुलाई निमन्त्रणा गरी रमाईलो गर्ने गराउने गराउने यस सस्थाले नेपालीहरुलाई दुख पर्दा कहिले पछि न नहटेको सम्पुर्ण सस्थामा आबद्द सद्स्यहरुले बताउनु भएको छ।

images