झिम्रुक पालिका अध्यक्षका छोराको दादागिरी : कार्यालयमै कर्मचारी कुटेपछि कर्मचारी काम छाडेर आन्दोलनमा

 

प्यूठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीका छोरा मिलन एमसीसहितका युवाले कर्मचारीमाथि हातपात गरेका छन्। बुधबार प्रक्रिया नपुगेको योजनाको भूक्तानी लिन पुगेका एमसी नेतृत्वका यूवाले योजना शाखामा कार्यरत सहायक कर्मचारी दिपक जिसीलाई कार्यकक्षमै हातपात गरेको प्रमुख प्रशासकीय अधिकृत  रिजालले जानकारी दिए।

आफूमाथि हातपात भएपछि योजना शाखाका कर्मचारी प्रमुख प्रशासकीय अधिकृत रिजालको कार्यकक्षमा सुरक्षाका लागि पुगेका थिए। तर, एमसी नेतृत्वका यूवाले आफूलाईसमेत आक्रमणको प्रयास गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले प्रतिक्रिया दिए।

1

‘दिउँसै कार्यकक्षमा हातपात भएपछि ढुक्कसँग काम गर्ने वातावरण भएन’, रिजालले भने, ‘कर्मचारीमाथि अपशब्द प्रयोग गरेर जथाभावी बोलियो। यस्तो अवस्थामा कर्मचारीले कसरी काम गर्ने ?’ एमसीसहितका युवाले कर्मचारीहरूलाई गाली बेइज्जतीसमेत गरेको अन्य कर्मचारीहरूले जानकारी दिए।

1

वडा नम्वर ३ मा सञ्चालन भएको पिपलारुख–पातल मैदान सडक योजनाको भूक्तानीका लागि यूवाहरू गाउँपालिका पुगेका थिए। उक्त योजनाको काम स्टिमेट अनुसार नभएपछि भुक्तानी रोकिएको कर्मचारीहरूले जानकारी दिए। एमसी अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष हुन्। गाउँपालिका अध्यक्ष पितबहादुर महतरा क्षेत्रीले बिहीबार यस विषयमा छलफल हुने प्रतिक्रिया दिए। गाउँपालिकामा कार्यरत कर्मचारीहरूले बुधबार विज्ञप्ती जारी गर्दै अत्यावश्यक बाहेकका सवै सेवाहरू ठप्प पार्ने जनाएका छन्

spot_imgimages

अन्य समाचारहरु