
राजन रिमाल
अखाँटा – यूएई डेस्क -नोभेम्बर १२-कुवैत स्थित नेपाली दुतावासको कार्यकक्षमा १०१ औ लक्ष्मी जयन्ती तथा कविता वाचन समारोह सम्पन्न भयो । साहित्यकार एवमा भाषा विद तथा अनुवादक होम बहादुर क्षेत्रीको आतिथ्यतामा नेपाली दुतावास कुवैत र अन्तराष्ट्रिय नेपाली साहित्य समाज कुवैत च्याप्टरको संयूक्त आयोजनामा सन्चालन भएको हो ।

कथाकार एव साहित्यकार तथा कुवैतका लागि नेपालका राजदुत मधुवन पौडेल र अनेसास कुवैत च्याप्टरका अध्यक्ष राजन रिमालको संयूक्त आयोजनामा संचालन भएको कार्यक्रममा कवी एवं कवयत्रीले महाकवी लक्ष्मी प्रसाद देवकोटाको संझनामा कविता बाचन गरेको प्रचार प्रसारका लागि भन्दै राजदुत मधुवन पौडेल द्वारा हस्ताक्षर गरी जारी गरिएको प्रेस बिज्ञप्तीमा सो कुरा उल्लेख गरिएको छ ।
सहभागीहरुलाई स्वागत गर्दै कथाकार एवं राजदुत पौडेलले कुटनैतिक जीवनको पहिलो पल्ट दुतावासले लक्ष्मी जयन्तीको आयोजना गरेको भन्दै भानुभक्त र मोतिराम भट्ट पछि साहित्यको सेवा गर्ने महाकवीको लेखनले नेपाली साहित्यमा नयाँ आयामको शुरुवात गरेको विचार राखेका थिए ।

कुवैतमा १२ बर्ष देखि रहनु हुने अर्का साहित्यकार तथा भाषा विद एवं पेट्रोलियम अनुसन्धानकर्ता ईन्जिनियर होम क्षेत्री खाडी मुलुकमा रहेर पनि यसरी दिल खोलेर लक्ष्मी जयन्ति मनाउन पाउनु सौभाग्य हो भन्दै आफु यस्तो कार्यक्रममा आउन पाउदा अत्यन्त हर्शित भएको बताए ।
कार्यक्रममा साहित्यकार एवं भजन लेखिका तथा गायीका आशा क्षेत्रिले सुमधुर स्वरमा भजन गाएर सवैलाई मन्त्र मुग्ध बनाएकी थीईन भने एनआरएन आईसीसी को अर्डिनेटर राजन कुवर तथा समाजसेवी तथा बुद्धिजीवी एस वी प्रधान, एनआरएन का सल्लाहकार प्रेम शाह लगायतको उपस्थिती रहेको थियो ।

सम्पन्न कार्यक्रम बिदेश स्थित नेपाली कुटनैतिक नियोगमा पहिलो पटक गरिएको बिश्लेशक हरुको भनाइ रहेको छ भने सो दुतावासले यस् पालीको दसैंको अवसरमा दुतावासमा शरणमा रहेका नेपाली महिलाहरुलाई खसी ढालेर सक्दो सेवा पुराएको समाचारले दुतावास प्रती आम सर्वसाधारण लाई सकारात्मक प्रभाब पारेको र यस्ता गतिबिधीलाई अन्य देशका कुटनैतीक नियोग हरुले पनि बिशेष ख्याल गर्नु पर्ने सम्युत अरब एमिरेट्स यूएईमा कार्यरत नेपाली पत्रकार उमाकान्त पाण्डे गाउले को भनाइ रहेको छ ।




