खुकुरी प्रहारबाट गम्भीर घाइते गुरुङको बाँकेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । गुरुङसँगै मोटरसाइकलमा सवार मेवालाल गौतम र आनन्द विश्वकर्मा हुनुहुन्थ्यो । खुकुरी प्रहारबाट गौतम सामान्य घाइते हुनुभएको छ ।
सशस्त्र प्रहरी उपरीक्षक महेन्द्र थापाले हत्याको अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
यसैबीच कालीकोटबाट महेन्द्रनगर जाँदै गरेको ना ४ ख १३०५ नम्बरको यात्रुबाहक बस बर्दिया बेलहवा चेपाङमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतकको सनाखत भएको छैन । दुर्घटनामा घाइते भएका १२ जनामध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ ।









