सर्वदा बाङमय प्रतिस्ठान यूएई द्वारा कलाकार दिपक गुरुङ लाई अबुधाबीमा बिदाइ

उमाकान्त पाण्डे गाउले / शालिकराम पन्थ/


अबुधाबी १७ नोभेम्बेर – सर्वदा वाङगमय प्रतिस्ठान यूएईले कलाकार दिपक गुरुङलाई मगंलबार आबुधाबीमा एक कार्यक्रमका बिच बिदाइ गरेको छ ।




गुरुङ पुरुष भएर पनि महिलाको भेषमा आफ्नो न्रित्यु तथा अन्य बिभिन्न कला प्रदशन गर्ने कलाकारको रुपमा यूएईका स्थानिय कलाकार हुन । रोजगारको शिलशिलामा ०६ बर्ष अघी यूएई आएका दिपक यूएईमा रहेका बिभिन्न संघसस्थाले आयोजना गर्ने सास्कृतिक कार्यक्रममा उपस्थित भएर आफ्नो कला प्रस्तुत गर्ने गरेका थिए ।  


 युएईमा रहदा कलाकारिता क्षेत्रमा बिशेष योगदान पुर्याउदै आएका कलाकार दिपक गुरुङ लाई उन्ले पुराएको योगदानको उच्च मुल्याकनं स्वरुप प्रतिस्ठानले बिबिध कारण बस नेपाल फर्किने क्रममा रहेका कलाकार गुरुङलाई प्रतिस्ठान द्वारा नामाकरण गरिएको आबुधाबीको मध्य केन्द्रमा रहेको सवर्दा चोकमा एक कार्यक्रमका साथ बिदाइ गरेको हो ।  


यूएईमा हुने प्राय कार्यक्रममा पुरुष भएर पनि महिला को पहिरनमा नाचेर दर्सक लाई लट्ठै पार्ने कलाकार दिपक गुरुङले सर्बदा द्दारा आयोजित एक  कार्यक्रममा मात्र प्रस्तुती गरेपनि सो कार्यक्रम आफु सहभागी भएका अन्य भन्दा धेरै अलग र रोमान्चक भएको बताए । साथै आफु बाध्यताबस  यहाँ बाट छोडेर गएपनी आउँदा दिनहरुमा कलाकारितालाई भने निरन्तरता दिने बताए ।


कार्यक्रममा सर्बदा बाङमय प्रतिस्ठान का अध्यक्ष लक्ष्मण सापकोटा आफ्नो  मन्तब्य दिदै सर्बदा साहित्यिक सस्था भएको तथा कला र साहित्य कहिल्यै अलग नहुने बताउदै कलाकार को सम्मान र उनिहरुलाई प्रोत्साहन दिनु आफ्नो दाहित्व  भएको बताएका थिए । यसै बिच प्रतिस्ठानको क्षेत्रिय समिती ले पनि दिपक लाई १३ नोभेम्बेर का दिन रात्रीभोज का साथ बिदाइ गरेको जानकारी सोही कार्यक्रममा जानकारी गराइएको थियो ।

मायाको चिनो र सम्झना रुपी कोशेली उपहार सर्वदा वाङगमय प्रतिस्ठान यूएईका अधक्ष्य लक्षमण सापकोटा विकल्पले कलाकार गुरुङ लाई हस्तान्तरण गरेको सो कार्यक्रममा प्रतिस्ठानका केन्द्रिय सल्लाहकार श्याम पाठक,कोषादक्ष्य दिपक राज अधिकारी,सदस्य सालीकराम पन्थ,जिबन राइ र प्रभाकर शर्मा को पनि उपस्थिती रहेको थियो ।