

-पारस भट्टराइ
काठमाडौं। लियो हरुको नयाँ वर्ष २०२३/२४ ,नयाँ लायन वर्ष को शुभअवसरमा काठमाडौंको कोटेश्वरमा रहेको महादेवस्थान मन्दिरमा सरसफाई कार्यक्रम गरिएको छ।लियो जिल्ला परिषद ३२५ यम नेपाल अन्तर्गत पर्ने काठमाडौँ ,पोखरा , मकवानपुर ,दुलेगौंडा क्षेत्र मा पर्ने क्लब हरु द्वारा मन्दिर , पर्यटक स्थल सरसफाई गरी आफ्नो नयाँ वर्ष मनाएका छन् ।

.gif)
उक्त कार्यक्रममा काठमाडौँ क्षेत्रमा लियो जिल्ला परिषद ३२५ यम नेपाल का जिल्ला अध्यक्ष लियो आश्विन खतिवडा , जिल्ला सचिव लियो प्रलाद आचार्य , जिल्ला कोषाध्यक्ष लियो राजन भुसाल , GLT डिष्ट्रिक्ट सँयोजक लियो निश्चल हमाल , GMT डिष्ट्रिक्ट सँयोजक लियो प्रवेश कुमार कार्की , क्षेत्रीय सँयोजक तथा विभिन्न क्लबका अध्यक्ष साथै सदस्यहरुको उपस्थिति रहेकाे थियो।


त्यसै गरी पोखरा क्षेत्रमा जिल्ला उपाध्यक्ष लियो प्रेम राज तिवारी, जिल्ला सह कोषाध्यक्ष लियो रमेश पाण्डे , प्रमुख क्षत्रिय सँयोजक सन्तोष बराल साथै विभिन्न क्लबका अध्यक्ष तथा सदस्यहरुको उपस्थिति रहेकाे थियो।

अन्य क्षेत्रमा जिल्लाका विभिन्न पद ग्रहण गरेका व्यक्तिहरु र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।







