गुल्मीको बलिथुममा जिप दुर्घटना हुँदा ५ जना घाइते, एक जनाको अवस्था गम्भीर

गुल्मी । गुल्मीको बलिथुम गाविसमा  लु १ ज १३५३ नम्बरको जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् ।   घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।


राती ३ बजे गुल्मीको मजुवाबाट सदरमुकाम तम्घास आउँदै गरेको सो जिप बलिथुम गाविसको थाक्सीपोखरा नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।


जिप दुर्घटनामा परी गुल्मी तम्घासका लाल बहादुर खत्री, रमेश श्रीस , बुद्ध बहादुर थापा , निरञ्जन थापा र  जिप चालक गुल्मी पल्लीकोट-१ का सुशिल टण्डन रहेका छन् ।


चालक टण्डनको अवस्था गम्भिर रहेकाले पाल्पा रिफर गरिएको छ भने अन्यको जिल्ला अस्पताल तम्घासमै उपचार भैरहेको     प्रहरीले जनाएको छ ।  जीप के कारणले     दुर्घटना भएको हो भन्ने बारे अनुसन्धान भैरहेको समेत प्रहरीले जनाएको छ ।

अन्य समाचारहरु