लुम्बिनी सरकारले आँखाको नानी नि:शुल्क प्रत्यारोपण गर्ने

1

दाङ- लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले नेपालमै पहिलो पटक प्रदेशभर कर्निया अर्थात् आँखाको नानी प्रत्यारोपण नि:शुल्क गर्ने भएको छ।

1

स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा व्यवस्था गरेर आँखाको नानी प्रत्यारोपण अर्थात कर्नियाको अप्रेशन नि:शुल्क गर्ने नयाँ कार्यक्रममार्फत् व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो कार्यक्रम लागू गर्ने सातवटा प्रदेशमध्ये लुम्बिनी प्रदेश पहिलो हो। आँखाको ज्योति गुमाएर अन्धोपनबाट मुक्त गराउन यो कार्यक्रम ल्याइएको स्वास्थ्यमन्त्री राजु खनालले बताए।

कार्यविधि तयार गरेर यो कार्यक्रम अब लागु गरिने स्वास्थ्य मन्त्री खनालको भनाइ छ। कर्नियाको नि:शुल्क अप्रेसन गर्नेसहित मन्त्रालयले ल्याएको नयाँ कार्यक्रम कार्यान्वयनका लागि कार्यविधि बनाउने प्रकृया सुरु भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आँखाको नानी प्रत्यारोपणका लागी बिरामीलाई रकम उपलब्ध गराउने नभइ अस्पतालसँग सहकार्य गरेर अस्पतालकै खातामा रकम सोधभर्ना गर्ने गरि कार्यविधि तयार हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विभिन्न कारणले आँखाको ज्योति गुमाउन पुग्नेहरूका लागी यो कार्यक्रम निकै महत्त्वपूर्ण हुने विश्वास मन्त्रालयको रहेको स्वास्थ्य सचिव डा.जनार्दन पन्थीले बताए।

images

यसैगरि लुम्बिनी प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई यसै वर्षदेखि सेवा निवृत्त हुँदा सम्मानस्वरूप ५० हजार रुपियाँ दिने भएको छ।

प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा यसका लागि आवश्यक रकम विनियोजन गरेको स्वास्थ्यमन्त्री राजु खनालले बताए। महिला स्वास्थ्य स्वयंसेविकाहरूले यसअघि पाउँदै आएको रकममा ५० हजार थप गरी सम्मान पत्रसहित प्रदान गरिने छ।

images

1

मातृ तथा बाल मृत्युदर घटाउन तथा स्वास्थ्यका अन्य सूचक प्राप्तिका लागि महत्त्वपूर्ण जिम्मेवारी बहन गरेर काम गरिरहेका महिला स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गर्न नगदसहित प्रदेश सरकारले सम्मानपत्र प्रदान गर्ने निर्णय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

images

लुम्बिनी प्रदेशमा हाल करिब ९ हजार जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत रहेका छन्। उनीहरूले काम गर्दा पाउने खाजाभत्ताबाहेक अन्य कुनै पनि रकम पाउने गरेका छैनन्।

गाउँघरमा घुमेर स्वास्थ्य सेवा प्रभावकारी बनाउन महत्त्वपूर्ण काम गरिरहेका महिला स्वास्थ्य स्वयंसेविकाले लामो समयदेखि गरिरहेको कामको सम्मानस्वरूप ६० वर्ष पुगेर सेवा निवृत्त हुँदा पाइरहेको सुविधामा थप ५० हजार रुपियाँ र प्रदेश सरकारका तर्फबाट सम्मानपत्र दिन लागिएको स्वास्थ्य मन्त्री राजु खनालले बताए।

लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले चालु आर्थिक वर्षदेखि सिकलसेल एनिमिया भएका बिरामीहरूको नि:शुल्क बिमा गर्न पनि सुरु गरेको छ।

Nepal life insurance

नियमित औषधी सेवन गर्नुपर्ने र त्यसका लागी रकम नभएर पीडामा रहेका बिरामीहरूलाई बिमा कार्यक्रमले ठूलो राहत मिल्ने स्वास्थ्य मन्त्री खनाल बताए।

सिकलसेल एनिमिया भएका बिरामीहरुको उपचारका लागि प्रदेशको बर्दिया जिल्लामा छुट्टै अस्पताल सञ्चालनको तयारी पनि गरिरहेको छ।

ad