ग्लास्गो नेपाली एसोसिएसनको प्रथम साधारण सभा सम्पन्न

     -कृष्ण देवकोटा-यूके
सहयोगी – अर्घाखाँची टाईम्स

 
वेलायत स्कोटल्याण्डको ग्लास्गो शहरमा रहेको ग्लास्गो नेपाली एसोसिएसनको प्रथम साधारण सभा द गूर्खा तन्दुरी रेष्टुरेण्टमा गत २२ तारीक सोमवारका दिन विधिवत सम्पन्न भएको छ ।


एसोसिएसनको एक वर्षे कार्यकाल सकिएर दोस्रो वर्षका लागी संस्थालाइ सहि परिचालन गर्नको लागी नयां समिति निर्माण गरियो ।पुरानो समितिमा ग्लास्गोको सबै क्षेत्र नसमेटिएको भन्ने गुनासोलाई यस पाली भने पुरा गरेको दावी गरिएको छ ।


साधारण सभाको चुनावमा सबै पदाधीकारीहरु सहमतीवाटै मनोनित भए ।जस्मा एक जना महिला सदस्य सहित एघार जनासदस्य तथा पाँच जना सल्लाहकार सहितको नयाँ समिति निमार्ण गरिएको छ ।


अध्यक्ष मोहन कार्कीउपाध्यक्ष शेषकान्त खराल सचिव माधव भण्डारी सह सचिव अर्जुन भण्डारी कोषाध्यक्ष यज्ञमूर्ति ढकाल सहकोषाध्यक्ष पूरन कंडेल मनोनित भएका छन त्यसै गरि सदस्यहरुमा मिन प्रसाद खरेलहेमलाल खरालगोविन्द देवकोटा अरुण यादव र शान्ति अर्याल रहेका छन ।


सल्लाहकारहरु विष्णु भक्त महर्जन तारा श्रेष्ठप्रविण गुरागाँईलक्ष्मी गुरागाँई र देव केशी चुनीए ।नव गठित समितिको पहिलो वैठक डिसेम्वर नौ सोम वारका दिन ग्लास्गोको द गुर्खा तन्दुरी रेष्टुरेण्टमा हुने भएको छ ।


नयाँ वनेको समितिका सवै पदाधीकारीहरु शक्षम र सकि्रय रहेको जन आस्था छ ।   अव एसोसिएसनले कस्तो गति लिन्छ त्यो त हेर्न वाकी नै छ ।