खलंगा गाविस वडा नं ९ रावतगाउँ निवासी ३५ वर्षिय राजु केसीको जहाजभित्रै मृत्यु भएको हो । नेपाल बायु सेवा निगमको टुईनटर जहाज चौरजहारी विमानस्थलबाट नेपालगन्जतर्फ जाँदै गर्दा उडेको ५ मिनेटमै केसीको मृत्यु भएको हो ।
केसी दुईदिन अघि छतबाट लडेर गम्भीर घाइते भएका थिए । शवलाई जहाजले नेपालगन्जमा छाडेको छ ।



