

दाङ।पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करीको प्रकरणमा अनुसन्धान लागि सरकारलाई सघाउन आफू तयार भएको बताएका छन्।
दाङमा पत्रकारसँग कुरा गर्दै महराले भने,‘सुन प्रकरणबारे सरकारलाई कुनै पनि छानबिनका लागि सघाउनका निम्ति तयार छु भनेर भन्दै आएको छु।


अनुसन्धानका लागि मलाई बोलाउनुस् पनि भनेकै छु।तर बेलाउँदैनन् त के गर्नु?तर,महारले सुन प्रकरणमा आफूलाई विनाकारण मुछिएको बताउँदै सञ्चार माध्यममा गलत प्रचार भएको गुनासो गरे।







