

दाङ – दाङकाे घाेराहीमा कुलाेले बगाउँदा दाङमा एक बालककाे ज्यान गएकाे छ ।


आज बुधवार घाेराही उपमहानगरपालिका–१२ देवीस्थान नजिककाे कुलाेले बगाउँदा पाँच वर्षीय आकाश बिसीको ज्यान गएको प्रहरीले जनाएको छ । आकाशलाई घर नजिकैकाे कुलाेले बगाएर झन्डै चार किलोमिटर तल निघुवारमा पुर्याएकाे थियाे ।







