आदर्श उच्च मावि गुल्मी दिगामले बिबिध कार्यक्रमका साथ स्वर्णजयन्ती मनाउने

शालिकराम पन्थ – भुपु बिद्यार्थी – यूएई


पश्चिमान्चल विकास क्षेत्र अन्तर्गत मध्यपहाडी गाउ गुल्मीमा रहेको श्री आदर्श उच्च मावि दिगाम गुल्मीले यहि मङ्सिर १९ देखि २५ गते सम्म बिबिध कार्यक्रमका साथ स्वर्ण जयन्ती मनाउने भएको छ । बिबिध कार्यक्रमका साथ ७ दिन सम्म सो महोत्सव मनाइने छ । 

 



महोत्सवमा भलिबल खेल तथा अन्य बिभिन्न प्रतियोगितात्मक सास्कृतिक कार्यक्रम गरिने आयोजक समिति ले जनाएको छ । माननीय संसद प्रदिप ज्ञवालीको उपस्थिति रहने उक्त कार्यक्रममा  विभिन्न जिल्ला स्तरीय प्रतिष्ठित व्यक्ति हरु को पनि उपस्थिति रहने जनाइएको छ ।


२०१७ साल जेष्ठ ३१ गते दिगाम को अमराइमा श्री अनन्त प्राथमिक बिद्यालय को नाम बाट स्थापना भएको सो बिद्यालय २०१७ साल मङ्सिर २५ गते श्री नेपाल रास्ट्रीय जनता प्राथमिक बिद्यालय नामाकरण गरी दिगाम ३ कालिकानगरमा  सारिएको थियो । साथै २०२३ मा बिद्यालयलाइ स्थानीय  अभिभाबक को साधारण सभा गरी निम्न माध्यमिक सम्म बनाउने निर्णय गरे अनुसार सो बिद्यालयको नाम परिवर्तन गरी आदर्श निम्न माध्यमिक बिद्यालय बनाइएको थियो ।

 



२०३८ मा माध्यमिक र २०६३ मा उच्च माध्यमिक गर्दै २०६५ साल यता बिद्यालयमा बिएड र बि.बि.एस. सम्म अध्यापन गराइन थालिएको छ । क्याम्पस प्रमुख गुनाखर ज्ञवाली का अनुसार कर्मचारी संख्या २८ भएको सो बिद्यालयमा सरकारी दरबन्दी भने जम्मा १७ को रहेको छ । स्थानीय जन-श्रमदान बाटनै सबै सम्भब भएको बताउदै अहिले चलिरहेको क्याम्पस तथा दश जोड २ का साथै कक्षा ८ अंग्रेजी माध्यमको पढाइ पनि निजि श्रोत देखी नै भैरहेको छ ।


बिज्ञापन प्रयोगशाला,कम्प्युटर शिक्षा,खेल मैदान,पुस्तकालय,खानेपानि र शौचालय को उचित ब्याबस्था गरिएको सो क्याम्पस गुल्मीको ग्रामीण मुटु मानिने स्थान दिगाममा गुल्मीका प्राय स्थान तथा छिमेकी जिल्ला पाल्पा र अर्घाखाँचीका केही स्थान बाट अबलोकन गर्न सकिने स्थानमा रहेको स्थानिय बताउछन । बिधालय नजिक रहेका २ कालिका मन्दिर सो बिधालय र स्थानका लागि आकर्षक को केन्द्र बिन्दु हो ।


उच्च शिक्षालाई पनि अग्रेंजी माध्यममा अध्यापन गराउने लक्ष्य सहित बिधालयले दिने सेवा सुविधा सगैं आगामी दिनमा बिद्यार्थी भर्ना प्रतिशत बढ्ने आसा बिधालयले राखेको छ । साथै ग्रामीण क्षेत्रको नमुना तथा पहिलो आवासीय बिद्यालय बनाउने आफ्नो प्रमुख लक्ष्य भएको स्रोत ब्यात्ती क्याम्पस प्रमुख गुनाखर ज्ञवालीले बताए । 

 



सो बिधालयको नामाकरण सम्बन्धमा एउटा प्रसँग भने अत्यन्त रमाइलो छ । बिद्यालयको नाम राख्ने क्रममा जसले राम्रो र उचित नाम प्रस्ताब गर्छ


उसलाई १ रुपैया पुरस्कार राखिएको थियो । सोही प्रावधान अनुसार श्री आदर्श निम्न माध्यमिक बिद्यालय भनेर सोही गाउका भिमलाल पाण्डे ले प्रस्ताब राखेपछि सर्ब सहमति ले पारित गरि २०२२ साल मा उक्त नाम राखी भिमलाल पाण्डे लाइ रुपैया १ पुरस्कार दिइएको थियो ।


बिधालयको शैक्षिक स्तर, भौतिक सेवा सुविधा तथा वार्षिक नतिजा उत्तिकै सन्तोष जनक र प्रसम्शा गर्न लायक सो बिधालयमा अध्ययन गरी देश तथा बिदेशमा रहेका भुपु बिद्यार्थी तथा अन्य शुभेच्छुक सबैबाट आर्थिक तथा नैतीक लगायतका अन्य सहयोगको अपेक्षा बिधालयले राखेको बिधालय  संचालक तथा ब्यबस्थापक समितीका स्रोत ब्यात्ती क्याम्पस प्रमुख गुनाखर ज्ञवालीले बताए ।

अन्य समाचारहरु