उपेन्द्र लामिछाने,
रौतहट – रौतहटको ब्रह्मपुरी गाविस-९ मा १९ वर्षीय एक युवतीको हत्या भएको छ। भारतीय सीमावर्ती सहर सीतामढी माइत भएकी ममतादेवी दासको शुक्रबार राति ११ बजे धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ।
ममतादेवीको हत्या पछि उनका पति महेन्द्र दास, ससुरा मन्सित र सासू शिवकुमारी फरार छन्। दुई वर्षअघि विवाह गरी आएकी उनको दाइजोका कारण हत्या भएको हुन सक्ने प्रहरी अनुमान छ। घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।