मोटरसाईकलको ठक्करबाट धनुषामा १० वर्षीया बालिकाको घटनास्थलमै मृत्यु

 धनुषाको ठेरा पूल नजिक शनिवार मध्यान्ह मोटरसाईकलको ठक्करबाट एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ । जनकपुरबाट धनुषाधाम तर्फ ज ३ प ७०६७ नम्बरको मोटरसाईकलमा सवार भई जादै गरेको वेला ठेरा पूल नजिक उक्त दुर्घटना भएको थियो । दुर्घटनामा परेर अन्दुपट्टी कटरैत गाविस ८ बस्ने सुमन मण्डलकी १० वर्षीया छोरी प्रेम कुमारी मण्डलको ज्यान गएको प्रहरी उपरीक्षक दीनेश अमात्यले बताए ।

घटनामा परी मोटरसाईकल चालक ३२वषिर्य सञ्जय साह पनि शख्त घाईते भएका छन् । घाईते साहको टाउकोमा गंभीर चोट लागेको छ । उनको उपचार मिल्स एरिया स्थित केयर नर्सिंग होममा भई रहेको छ ।मोटरसाईकल जिल्ला प्रहरि कार्यालय धनुषाको नियन्त्रणमा छ ।

अन्य समाचारहरु