असुरकाेट-रुपन्देही सम्पर्क समाजको तीज मिलन कार्यक्रम सम्पन्न (तस्बिर सहित)

1

-टेकराज भुसाल ।

बुटवल ।    असुरकाेट-रुपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम गरेको छ। अर्घाखाँची जिल्लाकाे भूमिकास्थान नगरपालिका वार्ड नम्बर ५ असुरकाेटबाट रुपन्देहीमा आएकाहरुका बीच गठन गरिएको उक्त समाजले मंगलबार बुटवलमा तीज मिलन कार्यक्रम गरेको हो।

No description available.

ad

कार्यक्रममा बाेल्दै भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेल्वासेले हरितालीका तीजको शुभकामना दिदै बर्षको एक पटक आउने तीजमा मात्र नभएर वर्षभरि नै समाजले गर्ने कार्यक्रममा सक्रियताको साथ उपस्थित हुन असुरकाेट वासीलाई आग्रह गर्दै रुपन्देहीमा छरिएर रहेका असुरकाेट वासीलाई एकतावद्ध गरी तीज मिलन गरेर संस्कृतिको जर्गेना गरेकोमा संस्थालाई धन्यावाद ज्ञापन समेत गर्नुभएको थियो।

No description available.1

भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका सचिव यमप्रसाद गैरेले असुरकाेटको कला संस्कृतिको संरक्षण, आपसी सद्भाव र रुपन्देही तथा असुरकाेटलाई जोड्ने पुलको काम गर्नुपर्नेमा जोड दिनुभएको थियो।

त्यस्तै भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका सल्लाहकार तथा ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका सह-सचिव टेकराज भुसालले एकआपसमा आत्मियता , भाइचारा तथा सद्भाव फैलाउन यस्ता कार्यक्रम उपयोगी हुने बताउनुभएको थियो।

कार्यक्रममा पूर्व वडाध्यक्ष तुल्सीराम बेल्वासे, ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजका काेषाध्यक्ष सावित्रा खनाल, खिल्जी-रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष माया भट्टराई, असुरकाेट-रुपन्देही महिला बिभाग अध्यक्ष शान्ता भुसाल लगायतको आतिथ्यता रहेको थियो।

images

No description available.

कार्यक्रम संस्थाका कार्यवाहक अध्यक्ष बुद्धिबहादुर राेकाकाे अध्यक्षता, सचिव गीता खनाल (बन्जाडे)काे सञ्चालन र सदस्य सपना बेल्वासेकाे स्वागत मन्त्वयमा सम्पन्न भएको थियो।

images

ad