सल्यान: बस दुर्घटना दुईको मृत्यु, चालकसहित ५ जना गम्भीर घाइते

Open photo

दाङ- सल्यानमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका-३ मुलपानी नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ ।

दुर्घटनामा चालकसहित ५ जना गम्भीर घाइते भएका छन् । बसमा करिब १६ यात्रु सवार थिए ।

111

 

अन्य समाचारहरु