जनकपुर – माओवादीका पाँच पुराना नेतासहित सयौं कार्यकर्ताहरु पार्टी परित्याग गरी नेकपा क्रान्तिकारी माओवादी पार्टी घोषणा गरेका छन् ।
माओवादीका जिल्ला कमिटी सदस्य एवं युवा नेता श्रीचन मुखियाको नेतृत्वमा, मिथिला मधेस राज्य समिति सदस्यहरु प्रतिक्षा तिवारी, विहारी राय, सुवरण यादव र कामेश्वर यादवसहितका सयौं कार्यकर्ताहरु पार्टी परित्याग गरेको बिहीवार पत्रकार सम्मेलन गरी जानकारी दिइयो ।
जनयुद्धदेखि सकृय मुखियासहितका नेताहरुले माओवादीमा व्यक्तिवाद हावी भएको, नोकरशाही केन्द्रीयतावाद तथा जातीवाद उत्थानवाद हावी भएको उल्लेख गर्दै आफू पार्टी परित्याग गरेको घोषणा गरेका थिए । मुखियासहितका माओवादी कार्यकर्ताहरुले प्रमोदकुमार राण यादवको नेतृत्वमा रहेको नेकपा क्रान्तिकारीसँग मिलेर नयाँ पार्टी बनाएको जनाएका छन् ।