प्रमुख दलहरुबीच सहमति हुन नसकेपछि तेश्रो पटक पनि व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरेर स्थगित



 

काठमाडौं, जेष्ठ १२ – प्रमुख दलहरुबीच सहमति हुन नसकेपछि बुधबार पनि व्यवस्थापिका संसदको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । सोमबार र मंगलबार पनि संसदको बैठक सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

व्यवस्थापिका संसदको अर्को बैठक शुक्रबार बिहान ८ बजेका लागि बोलाइएको छ ।