– मोहनविक्रम सिंह
प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको सन्दर्भमा प्रकट गरेका विचारहरूबारे देशमा व्यापक चर्चा भइरहेको छ। उनले त्यसबारे भनेका थिए, उनी संविधानसभाको पक्षमा थिएनन् तर माओवादीको आग्रहका कारणले नै उनले त्यसलाई समर्थन गरेका थिए। उनको त्या भनाइको अर्थ वा अभिप्राय के हो? वा त्यसले के कुरा बताउछ? उनको भनाइ वा अभिप्रायलाई ठीकसग बुझ्न ऐतिहासिक सन्दर्भ र तथ्यहरूलाई सही सन्दर्भमा बुझ्नु आवश्यक छ।
व्ास्तवमा माधव नेपाल वा एमाले पहिले संविधानसभाको पक्षमा थिएनन्। नेपालको राजनीतिको क,ख,ग ज्ञान भएको व्यक्तिबाट यो कुरा लुकेको छैन कि पहिले माओवादी, एमाले वा ने.का. आदि सबै नै संविधानसभाको विरूद्धमा थिए। त्यसरी संविधानसभा उनीहरू मध्ये कसैको पनि एजेण्डा थिएन। त्यो खाली नेकपा (मसाल)को मात्र एजेण्डा थियो भनेमा अतियुक्ति हुने छैन। त्यो हाम्रो पार्टीको एजेण्डा थियो भन्ने अर्थ सर्वप्रथम हामीले नै त्यसलाई अगाडि ल्याएका थियौं भन्ने होइन। त्यसको अर्थ खाली यो मात्र हो, त्यसलाई हाम्रो पार्टीले मात्र निरन्तर र दृढतापूर्वक करिव पाच दशकसम्म समर्थन गर्दैै र त्यसका पक्षमा संघर्ष गर्दै आएको थियो। अन्य राजनीतिक शक्तिहरूले त्यसलाई छाड्दै गएका र हाम्रो पार्टीले त्यसमाथि लगातार जोड दिंदै आएको सीमित अर्थमा नै हामीले त्यसलाई हाम्रो पार्टीको मात्र एजेण्डा थियो भनेका छौं। तर जुन पक्षले, उदाहरणका लागि माओवादी समूहले आफ्नो जन्मकालदेखि नै त्यो नाराको विरोध गर्दै आएका थिए र केही समय पहिले मात्र त्यसलाई अपनाएका थिए, उनीहरूले त्यसलाई आफ्नो एजेण्डा वा बच्चा बताउनु साच्चिकै हास्यपद कुरा हो तथ्यहरूको तोडमोड नै हो। संविधानसभाको पक्षमा हाम्रो पार्टीको अत्यन्त लामो र गौरवपूर्ण इतिहास रहेको छ। २००७ सालपछि पहिले राजा त्रिभुवन र पछि महेन्द्रले संविधानसभाको विरूद्ध षडयन्त्र प्रारम्भ गरेका थिए। त्यस प्रकारको पृष्ठभूमिमा हाम्रो पार्टी, नेपाल कम्युनिस्ट पार्टी, राष्टिय कांगे्रस, नेपाली कांगे्रस समेतले संविधानसभाको पक्षमा संघर्ष गरेका थिए। टंकप्रसाद आचार्य र केआइसिंहले प्रधानमन्त्रीको प्रलोभनमा परेर संविधानसभाको विरूद्धको षडयन्त्रमा राजालाई सहयोग गरेका थिए। पछि बि.पी.को नेतृत्वमा नेकाले पनि संविधानसभाको अडान छाड्यो। डा केशरजंगको नेतृत्वमा हाम्रो पार्टीको बहुमतले पनि संविधानसभाको नारालाई छोडेको थियो। तुलसीलालले पनि संविधानसभाका विरूद्धको रायमाझीको लाइनलाई समर्थन गरेका थिए। तर पुष्पलाल शम्भुराम र मैले पार्टीभित्र संविधानसभाको नाराको पक्षमा लगातार संघर्ष गरेका थियौं। २०१७ साल पुष १ गते राजाले सत्ता आफ्नो हातमा लिएर निरकुश शासन कायम गरेपछि दरभंगा पेलेनममा पुष्पलाल र शम्भुरामले पनि त्यो नारा छोडेर केन्द्रीय समितिमा संविधानसभाको पक्षमा म एक जना मात्र बाकी रहें। तर प्लेनमको अत्याधिक बहुमतले संविधानसभाको मेरो प्रस्तावलाई समर्थन गरेको थियो। त्यो प्लेनममा कमरेड निर्मल लामाको पनि संविधानसभाको नाराको पक्षमा दृढ समर्थन रहेको थियो। पंचायती तानाशाही कालमा निरंकुश राजतन्त्र र पंचायती तानाशाही व्यवस्थाको अन्त्यको नारा नै प्रमुख नारा बन्यो तर त्यो कालमा पनि हाम्रो पार्टीले लगातार संविधानसभाको पक्षमा आवाज उठाइरहयो। २०४६ को जनआन्दोलनपछि नेकपा मसालले पुनः संविधानसभाको नारालाई प्रमुख रूपमा अगाडि ल्यायो र त्यो नारामा जोड दिनका लागि २०४८ सालमा सम्पन्न संसदीय चुनावको पनि बहिष्कार गर्यो। तर त्यो बेलाको एकताकेन्द्र (जसमा अहिलेका माओवादीहरू पनि सामेल थिए) माले, एमाले, नेका आदि सबैले संविधान सभाको विरोध गरेका थिए। एकताकन्द्रबाट अलग भएर बनेको माओवादी समूहले पनि संविधानलाई दक्षिणपन्थी संशोधन नारा बताएर त्यसका विरूद्ध देशव्यापी अभियान चलाएको थियो। देशमा राजा ज्ञानेन्द्रको निरकुश सत्ता कायम भएपछि त्यो व्यवस्थाको अन्तलाई नै मसालले प्रमुख नारा बनायो। तर त्यसका साथै संविधानसभाको नारालाई पनि आन्दोलनात्मक नाराको रूपमा अगाडि बढाइरह्यो। २०६२र ०६३ को ऐतिहासिक जनआन्दोलनपछि हाम्रो पार्टीले पुनः संविधानसभाको नारालाई मुख्य जोड दियो र अहिले पनि संविधानसभाद्वारा संविधानको निर्माणमा मुख्य दिइरहेको छ। हाम्रो पार्टीले पहिले तोकिएको समयभित्र संविधानको निर्माणमा जोड दिएको थियो भने अहिले पुनःसंविधानको निर्माणलाई सुनिश्चित गर्दै संविधानको निर्माणको लागि संविधानसभाको म्याद थप्न पर्ने आवश्यकतामा जोड दिइरहेको छ।
त्यसरी नेपालको इतिहासमा एकातिर, अन्य राजनीतिक शक्तिहरूले बारम्बार संविधासभालाई छाड्दै वा त्यसका विरोध गर्दै आएको ऐतिहासिक पृष्ठभूमिमा हाम्रो पार्टीले एक मात्र पार्टी हो जसले लगातार र दृढतापूर्वक त्यसका पक्षमा लगातार र दृढतापूर्वक आवाज उठाउदै र संघर्ष गर्दै आएको छ र तर त्यो कुरा जे भए पनि पछि संविधानसभाको विरूद्ध भएका अन्य राजनीतिक शक्तिहरू, माओवादी, एमाले, नेका आदि, संविधानसभाको पक्षमा आउदै गए र संविधानसभाको चुनाव भयो । तर त्यस शिलशिलामा हामीले यो सत्यलाई पनि अस्वीकार गरिरहन सक्दैंनौ, हाम्रो पार्टीले लामो समयसम्म संविधानसभाको पक्षमा संघर्ष गर्दै आएको भएपनि हाम्रो शक्तिले मात्र त्यसलाई सफल पार्न सम्भव थिएन र अन्य राजनीतिक शक्तिहरू पनि त्यसको पक्षमा आएपछि पैदा भएको संयुक्त शक्तिका कारणले नै संविधानसभाको लय प्राप्त भएको थियो।
माथिको संक्षिप्त विवरणबाट यो कुरामा कुनै शंका रहन्न कि पहिले माओवादी, एमाले र नेका सहितका राजनीतिक शक्तिहरू संविधानसभाको विरूद्धमा थिए। तर उनीहरू विरूद्धमा भएको भए पनि पछि उनीहरू संंविधानसभाको पक्षमा आए। त्यो अवस्थामा उनीहरू पहिल्यै संविधानसभाको विरूद्ध भएको कुरा होइन, त्यसको पक्षमा आएको कुरा नै महत्वपूर्ण कुरा हो र त्यसले गर्दा नै संविधानसभाको चुनाव सम्भव भयो। त्यसकारण संविधानसभाको चुनाव सफल भएकोमा त्यसको श्रेय ती सबै राजनीतिक शक्तिहरूलाई पनि जान्छ। जसले आफ्नो पहिलेको त्यसप्रतिको विरोधको विचारमा परिवर्तन गरेर संविधानसभाको पक्षमा आए, जसभित्र माओवादी, एमाले र नेका सबै आउछन्। तर त्यस सन्दर्भमा एउटा कुराको भने हामी चर्चा नगरिरहन सक्दैनौं, अहिले माओवादीहरूले संविधानसभालाई आफ्नो एजेण्डा वा बच्चा भएको जुन दावी गरिरहेका छन् , त्यो दावीले इतिहास वा तथ्यहरूसित कुनै मेल खान्न। यदि त्यस प्रकारको दावी गर्ने कुनै पार्टीलाई अधिकार छ भने खाली नेकपा (मसाल) मात्र हो। जहासम्म त्यसलाई बच्चाको रूपमा उल्लेख गर्ने कुरा छ त्यस प्रकारको दावी गर्ने हामीलाई पनि अधिकार छैन किनभने संविधानसभा मूलरूपमा २००७ सालको संविधानसभा अन्तरिम संविधानको शिशु हो।
जब माधव नेपालले संविधानसभा उनको एजेण्डा थिएन तर माओवादीहरूको चाहना अनुसार (एमालेले) त्यसलाई समर्थन गरेको बताउछन्, त्यसले खालि दुइवटा ऐतिहासिक तथ्यहरूलाई मात्र बताउछ, प्रथम पहिले माओवादी र एमाले दुबै पक्षहरूले संविधानसभाको विरोध गरेको भए पनि पहिले माओवादीहरूले त्यसलाई (संविधानलाई) समर्थन गरेका थिए भने केही समयको अन्तरालपछि एमालेले त्यसलाई समर्थन गरेको थियो। द्वितीय, स्वयं आफूले संविधानसभाप्रतिको विरोध गरिसकेपछि एमालेलाई संविधानसभाको पक्षमा माओवादीले पहल गरेको थियो। त्यसरी संविधानसभाप्रतिको दृष्टिकोणमा परिवर्तनको सन्दर्भमा ती दुबै पक्षहरूको अवस्था मूलतः एउटै हो। फरक यति हो कि पहिले त्यससम्बन्धी आफ्नो दृष्टिकोणमा परिवर्तन गर्यो। पछि एमालेले अहिले माधव नेपालको अभिव्यक्तिबाट त्यही ऐतिहासिक तथ्य अभिव्यक्त भएको छ। उनले त्यो अभिव्यक्तिलाई टंगसिलिभ भएको बताएर आत्मआलोचना गरेका छन्। एक जना माओवादी नेताले उनको त्यो आत्मालोचनाबारे टिप्पणी गर्दै भनेका छन्, कुनै बेला टंगसिलिभ हुदा पनि मनमा भएको कुरा नै प्रकट हुन्छ, त्यो कुरा उनले त्यो भनाइसित हामी पनि सहमत छौं। माधव नेपालको सन्दर्भमा पनि त्यो कुरा सत्य हो। उनको संविधानसभासम्बन्धी अभिव्यक्तिले पहिले उनीहरू त्यसको विरोधमा भएको तर माओवादीहरूको आग्रह पछि नै उनीहरू संविधानसभाको पक्षमा आएको सत्यलाई नै प्रमाणित गरेको छ। तर माधव नेपालले कुन कारणले उनीहरू संविधानसभाको पक्षमा आएका थिए भन्ने कुरालाई खोलेर बताए पनि माओवादीहरूले यो कुरा बाहिर ल्याएका छैनन्, कुन कारण वा परिस्थितिमा संविधानसभाप्रतिको विरोधलाई त्यागेर संविधानसभाको पक्षमा आएका थिए? तर त्यसको कारण जे भए ता&