संविधानसभाबारे राष्ट्रपतिको चासो तत्काल म्याद थप गर्न तीनदलका शीर्ष नेतालाई आग्रह

-गणेश चुदाली, हाल काठमान्डौ

 

राष्ट्रपति डाक्टर रामवरण यादवले सहमति कायम गरि तत्काल संविधानसभाको म्याद थप गर्न प्रमुख तीनदललाई आग्रह गर्नु भएको छ । बिहान आफ्नै निवासमा बोलाएर तीनदलका शीर्ष नेताहरुलाई सहमतिमा गएर संविधानसभाको भविश्य जोगाउन आग्रह गर्नुभयो । छलफलका क्रममा राष्ट्रपति यादवले सबै दलका धारणा बुझेपछि आफ्नो भनाइ राख्नु भएको थियो । द्धन्द्ध र विवादले कसैको हित गर्दैन् मिलेर जानुको विकल्प छैन् त्यसैले पहिले सहमतिमा संविधानसभाको म्याद थपौ अनस्अरु कुरा प्याकेजमा सहमति गर्न सकिन्छ-राष्ट्रपतिले भन्नुभयो ।

 

 राष्ट्रपतिसँगको छलफलपछि तीनै शीर्ष नेताहरुले छलफल सकाराच्मक भएको बताउनुभयो । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आजको छलफल सकारात्मक भएको र आनै निकास निस्किनेमा आफू आशावादी भएको बताउनुभयो । उहाँले दिनभरीको छलफलपछि भोलि बिहानसम्म केही निकास आउन सक्ने जानकारी दिनुभयो । कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइरालाले सहमतिको मुख्य जिम्मेवारी एकीकृत नेकपा माओवादीको काधमा भएको बताउनुभयो । संविधानसभाको म्याद थप गरेर अरु समस्या प्याकेजमा हल गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो ।

 

आजपनि मैले प्रष्टरुपमा त्यही विषयमा कुरा राखे कोइरालले भन्नुभयो । धर्तिको माटो छोएर नेपाल बचाउन हामि सबै तयार रहनुपर्ने कोइरालाले जोड दिलनुभयो । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिसँगको छलफल सकारात्मक भएको बताउनु भएपनि छलफलका विस्तृत कुरा बताउन चाहानु भएन ।