प्रधानमन्त्री माधवकुमार नेपालल र सत्तारुढ दुई दलको बैठक बसिरहेको छ। प्रधानमन्त्री माधवकुमार नेपालको निवास बालुवाटारमा बासिरहेको छ।
बैठकमा एकीकृत नेकपा माओवादीको अडान लगायतका विषयमा छलफल भइरहेको छ। माओवादीले संविधानसभाको म्याद थप्नको लागि प्रधानमन्त्रीको राजीनामा सर्त बनाएपछि सत्तारुढ एमाले र नेपाली कांग्रेसका नेताहरुबीच प्रधानमन्त्रीको राजीनामाको विषयमा छलफल भइरहेको बुझीएको छ।
नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोइराला, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल लगायतको सहभागिता रहेको छ।
अपुष्ट प्राप्त समाचार अनुसार पछिल्लो समयमा प्रधानमन्त्री नेपाल राजीनामा दिने मनस्तिथीमा रहेको स्रोतले बताएको छ।