संविधानसभाको म्याद थप्ने सहमति (प्रत्क्षय प्रसारण-भिडियो लाईभ)










 

हाम्रा काठमाडौं स्थित सम्वादाताको अनुपस्थितीको कारणले हामीलाई देश बाहिरबाट बिभिन्न टेलिभिजन स्रोतबाट “ग्रीनविच मीन टाईम” समय अनुसार बीच-बीचमा प्रत्क्षय “भिडियो लाईभ” प्रसारण गरिरहेका छौ !

 


 

काठमाडौ, जेष्ठ १४ – तीन दलका नेताहरु अनौपचारिक छलफलमा छन्। उनीहरु संविधान सभा भित्र छन्। संविधान सभा बाहिर विभिन्न राजनीतिक दलका सभासद्हरु अन्यौलपूर्ण अवस्थामा छन्। समूह समूहमा छलफलमा रहेका सभासदहरु मुख्य दलका नेताको निर्देशन कुरिररहेका छन्। आज बिहान ८ बजे बस्ने भनिएको संविधान सभाको वैठक बस्ने नबस्ने समेत अन्यौलमा छ। सबै दलका आ आफ्नै अडानका कारण संविधान सभाको म्याद थपिने या नथपिनेमा अन्यौलता यथावत छ।

प्रधानमन्त्री माधवकुमार नेपाल व्यवस्थापिका संसदको बैठकमा गर्ने आफ्नो संबोधनलाई अन्तिम् रुपमा दिन कार्यालय पुगेका छन् । उनले यसअघि संविधानसभा भवनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसंग भेटावार्ता गरेका थिए ।

माओवादी अध्यक्ष दाहाल र माओवादी आफ्नो अडानमा कायम रहेकाले पनि प्रधानमन्त्रीले कस्तो सम्बोधन गर्ने भन्ने सम्बन्धमा थप तयारी आवश्यक भएको हो । यसका लागि उनले तीन दलका शीर्ष नेताहरुको बैठक चाहेको स्रोतको दावी छ ।

राजीनमा दिनु पर्ने माओवादी अडान यथावतै रहेको र अझै संविधानसभाको म्याद थप हुनेमा आशा जीवितैरहेकाले संसदमा कस्तो सम्बोधन गर्ने भन्ने सम्बन्धमा प्रधानमन्त्रीलाई अप्ठ्यरो परेको बताइएको छ ।

सम्बोधन तयार पार्नुअघि तीन दलको बैठक बसेर कुनै बीचौलीय बाटो निकाल्ने आशामा प्रधानमन्त्री रहेका छन् ।

पछिल्लो पटक माओवादीले संविधानसभाको म्याद थप भएपछि एक साता भित्र राष्ट्रिय सहमतिको सरकार बनाउने गरी प्रधानमन्त्रीले राजीनामा दिने प्रतिबद्धता आए म्याद थपमा सहमत हुने प्रस्ताव गरेको छ ।

 

प्रधानमन्त्रीको सम्बोधनपछि थप छलफलको प्रकृयासमेत सकिने हुँदा पनि उनले तीन दलको बैठक बसेर सहमतिको बीचौलिय बाटो निकाल्ने पर्खाइमा रहेको स्रोतको दावी छ ।