रेशम श्रेष्ठ,दुवई
संघियता बिरुद्धको संघर्षले उचाई प्राप्त गर्दै गईरहेको छ । नेपाल जस्तो मुलुक संघियतामा गएमा देशमा जातिय क्षेत्रिय द्धन्दहरु च्र्किने र अन्तत राष्ट्रिय बिखण्डनको स्थिती आउने खतरा देखिइरहेको बेला संघिय प्रणाली खारेजीको लागि संघर्ष संचालन गर्न काठमाण्डौ मा खुकुलो मोर्चा संघियता को बिरुद्ध राष्ट्रिय अभियान संचालन भए लगत्तै देश बिदेशमा त्यसको शाखाहरु गठन हुन थालेका छन् । गत शुक्रवारका दिन दुवई मा बिभिन्न संघसंस्थाका प्रतिनिधी समाजसेवी बुद्धिजीवी पत्रकार लगायतको बिशिष्ट भेलाले संघियताका बिरुद्ध राष्ट्रिय अभियान केन्द्रिय समितिका सदस्य कृष्ण ढकाल को अध्यक्षतामा २५ सदस्यीय संघियताको बिरुद्ध राष्ट्रिय अभियान युएई गठन गरेको छ ।
सो समितीका सदस्यहरुमा शारदा प्रसाद भट्टराई,मान बहादुर थापा,उमाकान्त पाण्डे गाउले,शंकर ज्ञवाली,शिवराज जैसि,शोभा भण्डारी,कृष्ण के सी,शेखर पौडेल, पुष्प रिजाल,पस बहादुर गुरुङ, डम्वर भण्डारी,दिलीप गुरुङ,लाल बहादुर पुन,याम बहादुर पुन,लाल बहादुर ढेंगा,शिब चापगाई,धन बिर नेपाली,धुर्व कुंवर,तर्क कटुवाल,कृष्ण जि सी,बलु पाण्डे ,कृष्ण भुसाल,चुमन काउछा, चक्र राई,शोभाखर भण्डारी र बिष्णु आचार्य सहित २ स्थान रिक्त राखिएको छ । सो समितिले ९ सदस्यीय सचिवालय समिती समेत गठन गरेको छ ।
यस अघि गठन भएको संघियताको बिरुद्धमा संघर्ष समिती ले संघियताको बिरुद्धमा २५ हजार हस्ताक्षर संकलन गरी सभामुख सुभास नेम्वाङग् लाई बुझाउनुको साथै संघियताका बिरुद्धमा अन्र्तकि्रया कार्यक्रम सांस्कृतिक कार्यक्रम र जनचेतनामुलक महत्वपुर्ण कार्यक्रम हरु युएईमा गर्दै आएको थियो त्यसको लगतै नेपालमा संघियताका बिरुद्ध राष्ट्रिय अभियान गठन भएपछि संयुक्त संघर्ष समितीलाई बिघटन गरी संघियताका बिरुद्ध राष्ट्रिय अभियान युएई गठन गरिएको हो । सो अभियानले नेपालमा संघियता को मुद्धा खारेज नहुदा सम्म बिदेश बाट दवाव मुलक कार्यक्रम गर्नुका साथै संघियताका बिरुद्ध राष्ट्रिय अभियान लाई सवै प्रकारको सहयोग गर्ने जनाएको छ ।
राष्ट्रिय अभियानका केन्द्रिय सदस्य कृष्ण ढकालले भेलालाई सम्वोधन गर्दै नेपालमा २००७ साल ४६ ६२ र ६३ सालको आन्दोलनमा संघियताको कुनै मुद्धा उठाईएको थिएन । संविधान सभाको चुनावमा पनि संघियता को बिषयमा कुनै कुरा उठेको थिएन यो बिस्तारवाद को दवावमा एनजीओ आईएनजीओ का दलालहरुले संघियता नामको भाइरस भित्र्याएका हुन ्। हामिले संघियतालाई खारेज गरेनौं भने संघियताले देशलाई नै खारेज गर्ने छ । त्यसैले देश बिदेशमा रहेका राष्ट्रवादी हरु राष्ट्र बचाउन एकजुट हुन आहवान गर्दै संघियताको बिरुद्धमा हस्ताक्षर को क्रममा सहयोग पुर्याउनु हुने सम्पुर्ण युएईबासी नेपालीहरुलाई धन्यवाद दिनुभयो । सो कार्यक्रममा बिभिन्न संघ संस्थाका व्यक्तिहरुले पनि सम्वोधन गर्नुभएको थियो ।
रक्तिम परिवारका केन्द्रिय सदस्य डम्वर भण्डारी जनजाती संघ बाट लाल बहादुर पुन दलित मोर्चा बाट धनबिर नेपाली एकता समाजको तर्फबाट कृष्ण के सी शिवराज जैसी फेवाफोस्र क्लव बाट शेखर पौडेल पत्रकारहरुको तर्फबाट शंकर ज्ञवाली लाल बहादुर ढेंगा जनकल्याण राहत प्रतिष्ठान बाट टेक थजाली र बुद्धिजीवीहरुको तर्फबाट पुष्प रिजाल ले संघियताको बिरुद्धमा बोल्नु भएको थियो भने शारदा प्रशाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको कार्यक्रमको संचालन पत्रकार मान बहादुर थापाले गर्नु गर्नुभएको थियो ।