बुटवल, जेष्ठ २० – आफ्ना कार्यकर्ता हत्यको बिरोधमा माआवादीले बिहीबार रुपन्देही बन्दको आव्हान गरेको छ । हतियारधारी समूहबाट गोली प्रहार गरी हत्या गरीएका नेता सपाटु यादवका हत्यारालाई खोजी गरी कारवाहीको दायरामा ल्याउन माग गर्दै माआवादीले बन्दको आव्हान गरेको हो । बन्दका कारण रुपन्देहीका प्रमुख बजार , यातायात सवारीका साधन सबै ठप्प छन् । माओवादीले कलकारखाना , शिक्षण सस्था र नीजी मेडिकल हलहरु समेत बन्द गराएको छ । तर कक्षा ११ को परीक्षा भने निर्वाध रुपमा संचालन भएको छ । एकिकृत माओबादी रुपन्देही क्षेत्र नम्मर ५ का इन्चार्ज तथा अवध राज्य समिती सदस्य सपाटु यादवलाई तीन दिनअघि हतियारधारी समूहले गोली हानी हत्या गरेको थियो ।
हत्याको आशंकामा रुपन्देही प्रहरीले तिन जनालाई हतीयार सहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा राजेन्द्र पासी , देव नारायण जैसवाल र राम नेवास नायक रहेका छन् । प्रहरीले उनीहरुको साथ बाट नाईन एम एमको एक थान पेस्तोल सो मा लाग्ने ४ थान गोली र २ वटा मोटरसाईकल समेत बरामद गरेको जनाएको छ । बेथरी प्रहरी चौकीका सई संम्भु उपाध्यायको नेतृत्वमा गएको प्रहरीको टोलीले उनिहरुलाई जिल्लाको बिभिन्न स्थानहरुबाट पक्राउ गरीएको प्रहरीले जनाएको छ ।



