संवैधानिक समितिद्वारा परामर्श शुरु

गणेश चुदाली अर्घाखाँची, हाल काठमान्डौ


नयाँ संविधानको एकीकृत मस्यौदा तयार गर्ने विषयमा संविधानसभा संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले दलहरुसँग परामर्श सुरु गर्नुभएको छ । यसक्रममा सभापति आचार्यले आज संविधानसभाका मझौला र साना दलहरुसंग छलफल गर्दै हुनुहुन्छ ।

 

 िसंहदरबारस्थित संविधानसभा सचिवालयमा दिउँसो दुइ चरणमा हुने छलफलमा संवैधानिक समितिको नयाँ कार्यतालिका बनाउने बारे केन्द्रीत रहनेछ । संविधानसभावाट सबै विषयगत समितिका मस्यौदा प्रतिवेदन पारित नभएपछि नयाँ संविधानको एकीकृत मस्यौदा निमार्ण गर्ने जिम्मेवारी पाएको संवैधानिक समिति चैत्र २२ गतेदेखी बस्न सकेको छैन ।

 

सभापति आचार्यले यसअघि हिजो प्रमुख तीनदलका नेताहरुसँग छलफल गरी राजनीतिक सहमति कायम गर्न र नयाँ संविधानका आधारभूत सिद्धान्त तय गर्न आग्रह गर्नुभएको थियो । सभापति आचार्यले दलहरुबीच सहमति कायम भए आगामी ७ महिनामै नयाँ संविधान बनाउन सम्भव रहेको बताउनु भएको छ ।