एमाले र कांगे्रसका नेताहरुको शीर्ष बैठकले प्रधानमन्त्रीको राजिनामाका विषयमा पुरानै अडान यथावत राख्ने निर्णय

– गणेश चुदाली अर्घाखाँची, हाल काठमान्डौ

 

सत्तारुढ प्रमुख दुई दल एमाले र कांगे्रसका नेताहरुको शीर्ष बैठकले प्रधानमन्त्रीको राजिनामाका विषयमा पुरानै अडान यथावत राख्ने निर्णय गरेका छन् ।

 

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकले शान्ति संविधान निर्माण र राष्टिय सहमतिको सरकारका विषयमा विश्वसनीय प्रतिबद्धता भएलगत्तै प्रधानमन्त्री माधव कुमार नेपालले पदबाट राजिनामा दिने निर्णय गरेका हुन् ।

 

लिखित वा मौखिक प्रतिबद्धता भन्दा पनि जनतासामु विश्वासनीय प्रतिज्ञापत्र आए राजिनामा तत्काल दिने निर्णय भएको बैठकमा सहभागी कांगे्रस प्रवक्ता अर्जुन नरिसंह केसीले सिआइएनलाई जानकारी दिनुभयो ।

 

 

बैठकमा प्रधानमन्त्रीले आफू राजनीतिक सहमतिको बाधक नबन्ने बताउनुभएको पनि उहाँले बताउनुभयो । सहमतिका लागि छलफल गरेरै अघि बढ्ने पनि दलका नेताहरुले बताएका छन् ।