संविधानसभाको नयाँ कार्यतालिका बनाउन संवैधानिक समितिद्वारा मझौला र साना दलसँग परामर्श शुरू

संविधानसभाको म्याद एक वर्षका लागि थपिएपछि संविधानसभा अध्यक्ष र संबैधानिक समितिका सभापतिले दलहरुसँग संविधान निर्माणको कार्यतालिकाबारे परामर्श शुरू गरेपनि नयाँ कार्यतालिका बन्ने संकेत देखिएको छैन।

 

संविधानसभाको नयाँ कार्यतालिका बनाउन संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले शुक्रबार मझौला र साना दलसँग परामर्श गरेका छन्।

उनले बिहीबार ठूला दलसँग परामर्श गरेका थिए।


संविधानसभा अध्यक्ष सुवास नेम्वाङले पनि संविधानसभाका दलहरुसँग नयाँ कार्यतालिकाबारे परामर्श गरिसकेका छन् तर तत्काल प्रगति हुने संकेत मिलेको छैन।


संविधानसभाको पहिलो कार्यतालिका हेर्ने हो भने अहिले नयाँ संविधान लेखनमा जति प्रगति भएको छ त्यो आजभन्दा एक वर्ष अगाडि नै भइसक्नुपर्थ्यो।


त्यस अर्थमा संविधान लेखनका लागि संविधानसभाको पुरै एक वर्षकै काम बाँकी छ।


संविधानसभाको म्याद थपेको एक हप्ता भैसक्दा पनि दलहरु संविधान निर्माणका लागि नयाँ कार्यतालिका बनाउन तत्पर देखिएका छैनन्।


उल्टो उनीहरु पुरानै राजनीतिक झैझगडामा व्यस्त छन्।


संविधानसभामा माओवादीका प्रमुख सचेतक पोष्टबहादुर बोगटीले नयाँ कार्यतालिकाका लागि गतिरोध अन्त्य हुनुपर्ने बताए।


उनी भन्छन्,