काठमाडौं, जेष्ठ २२ – नेपाली सेनाको रिक्त पदपूर्तिमा पूनः भर्ना प्रक्रिया सुरु गर्न प्रतिनिधि खटाएकोबारे माओवादीले आपति जनाएको छ । सैनिक मुख्यालयले गत वैशाखको अन्तिम साता इनफेनटरीतर्फ करीब ९ हजार पद रिक्त पदपूर्तिका लागि जानकारी दिए बमोजिम रक्षाले प्रक्रिया अघि बढाएको हो ।
त्यसका लागि रक्षामन्त्रालयले सह-सचिव देबेन्द्र सिटौला र उपसचिव पुष्कर पन्तलाई खटाएको जनाएको छ । माओवादी प्रवक्ता दीनानाथ शर्माले सहमतिय राजनीति तथा शान्ति प्रक्रिया एमाले र कांग्रेसले विगतदेखि तोडदै आएको आरोप लगाए ।
विस्तृत शान्ति सम्झौता विपरीत सरकारले पूनः भर्ना अघि बढाएर सहमतिय राजनीति तोड्कोप्रति उनले घोर आपति प्रकट गरे ।
विस्तृत शान्ति सम्झौतामा नेपाली सेना र माओवादी लडाकु दुर्बै भर्ना गर्न नपाउने उल्लेख छ । गत महिना पनि सेनाले ७३ अधिकृत सहित २ सय ७३ प्राविधिकको भर्ना खोलेको थियो । सरकारले भने शान्ति सम्झौताका समय सेनामा रहेको दुई हजार ७ सय ५३ दरबन्दीमा नबढाई रिक्त पदपूर्ति गर्न लागिएको बताउँदै आएको छ ।
यसरी माओवादी र सरकारबीच विभिन्न समयमा सेना भर्ना विषयमा विवाद हुँदै आएको छ ।



