
श्री मेदभेदेभले हिजो जर्मनीका प्रधानमन्त्री एन्जेला मर्केलसँग भेट-वार्ता गरेपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त कुरा बताउनुभएको हो।
श्री मती मर्केलले निकट भविष्यमा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदले इरानमाथि नाकाबन्दी लगाउने कदमलाई सार्वजनिक गर्ने सम्भावना रहेको र यो साझा निर्णय हो भन्दै महत्वपूर्ण पाइला भएको कुरा बताउनुभयो।



