भारतबाट पनि होस्टेमा हैंसे

– धनवीर पुन


नयी दिल्ली । जब जब राष्ट्रियता जनतन्त्र तथा प्रजातन्त्रमाथि खतरा उत्पन्न हुने गर् यो तमाम देशभक्त जनतान्त्रिक शक्तिहरु एक जुट भएर संघर्ष गरेको इतिहास हाम्रो सामु छ । चाहे त्यो जाहनीया राणा शासनको अन्त्यका लागि होस वा ३० वर्षे पाचायती शासनका विरुद्ध चाहे त्यो प्रतिगमनको विरुद्ध होस वा संविधानसभाको चुनावको मागको सवालमा होस देशभक्त जनतान्त्रिक शक्तिहरु संसारको कुनै पनि कुनामा रहेतापनि देशमा हुने सबैखाले जनपक्षीय आन्दोलनहरुलाई प्रत्यक्ष वा परोक्ष रुपबाट सहयोग र समर्थन गर्दै आएका छन् । यस पटक प्रवासमा रहेका नेपालीहरुले राष्ट्र र राष्ट्रियताको रक्षाको आन्दलनमा ऐक्यवद्धता जनाएका छन् । नेपाल जस्तो बहुभाषिक बहुजातीय बहुधार्मिक तथा आर्थिक रुपबाट कमजोर देशमा संघीयताले द्वन्द्व श्रृजना गर्दछ । त्यसमा पनि जातीय राज्यको तथा उक्त राज्यलाई पृथक हुने आत्मनिर्णको अधिकारले मुलुकलाई विखण्डनको दिशामा लैजाने कुरामा कुनै शंका रहन्न । विखण्डनकारीहरुको यो कदमलाई चिर्दै देशमा संघीयता विरुद्धको संघर्षले नयाँ आयाम प्राप्त गर्दै गैरहेको छ ।


    नेपाल जस्तो विविधता भएको मुलुक संघीयतामा गएमा जातीय क्षेत्रीय द्वन्द्वहरु  चर्किने र अन्ततः राष्ट्र विखण्डनमा आउने देखिँदैगएको वेला मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको तत्वाधानमा भारतस्थित नेपालीहरुले संघीयता विरुद्धको आन्दोलनप्रति ँहोस्टेमा हैंसे’ पुगोस भन्ने उद्देश्यका साथ ऐक्यवद्धता जाहेर गर्दै संघीयता विरोधी माच गठन गरेका छन् । कार्यक्रममा ८ वटा विभिन्न संघ संस्थाका तर्फबाट प्रतिनिधित्व भएको थियो । कार्यक्रमद्वारा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव कृष्ण केसीको संयोजकत्वमा २८ सदस्यीय संयोजक समिति गठन गरिएको छ । 


    समितिमाः मित्रलाल शर्मा यमलाल पोख्रेल ठाकुर खनाल बालकृष्ण पाण्डे प्रमोद खरेल कवि कार्की नारायण शर्मा प्रेम घर्ति मगर लक्ष्मण घिमिरे विरबहादुर बोहरा गोविन्द पोख्रल मोतिराज गौतम चिन्तामणि भट्टराई नारायण शर्मा शिव केसी युवराज बराल राजेन्द्र नेपाली गोपालप्रसाद आचार्य इश्वरी भट्टराई प्रदिपचन्द पोख्रेल मिरा थापा केशव क्षेत्री गणेश थापा रामप्रसाद शर्मा हरिबहादुर दुर्गाप्रसाद र खुम गुरुङ रहनुभएको छ ।


    यसै कार्यक्रमद्वारा निकट भविष्य मै संघीयता विरोधी माच गठनको लागि वृहत भेला सम्पन्न गर्ने घाषणा गरिएको छ । भेला व्यवस्थापनको जिम्मा प्रमोद खरेललाई दिइएको छ भने प्रचार प्रसारको जिम्मा गोविन्द पोख्रेललाई दिइएको छ । भेला कार्यक्रम यही २० जुन आइतबारका दिन भारतको रानधानी दिल्लीमा सम्पन्न गर्ने निर्णय भएको कुरा सार्वजनिक भएको छ ।