माओवादीभित्र दोश्रो पुस्ताका नेतालाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने विकल्पबारे छलफल शुरु

दलका अध्यक्ष प्रचण्डलाई भावी प्रधानमन्त्रीको एकल हकदार भन्दै आएको एकीकृत माओवादीभित्र दोश्रो पुस्ताका नेतालाई पनि विकल्पको रुपमा अगाडि सार्नेबारे छलफल शुरु भएको एकजना वरिष्ठ माओवादी नेताले बताएका छन्।

 

एकीकृत नेकपा माओवादीभित्र दोश्रो पुस्ताका नेतालाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सार्ने विकल्पबारे छलफल शुरु भएको छ।

स्थायी समितिको बैठकपछि वरिष्ठ माओवादी नेता नेत्रविक्रम चन्द विप्लवले उक्त जानकारी दिएका हुन्।


पोलिटव्युरो बैठकले त्यसबारे अन्तिम निर्णय गर्ने उनले बताए।


माओवादीबाट भावी प्रधानमन्त्रीमा अहिलेसम्म अध्यक्ष प्रचण्डको विकल्पको रुपमा बाबुराम भट्टराई मात्र चर्चामा थिए।


विकल्प


स्थायी समिति सदस्य विप्लवले भने,