पाकिस्तानको गुप्तचर संस्था र अफगानिस्तानको तालिबानका बीच यसअघि सोचिए भन्दा निकै गहिरो संबन्ध

पाकिस्तानको गुप्तचर संस्था र अफगानिस्तानको तालिबानका बीच यसअघि सोचिए भन्दा निकै गहिरो संबन्ध रहेको दावी लण्डनको स्कूल अफ इकोनोमिक्सको एउटा अध्ययनले गरेको छ।

एउटा नयाँ प्रतिवेदनले पाकिस्तानको गुप्तचर संस्था र अफगानिस्तानको तालिबानबीच सीधा संबन्ध भएको ठोस प्रमाण भएको दावी गरेको छ।


उक्त प्रतिवेदनका अनुसार पाकिस्तानको आइ. एस. आइ. ले तालिबानलाई सोचिएभन्दा ठूलो मात्रामा पैसा, तालीम र आश्रय दिइरहेको छ।


पाकिस्तानी सेनाका प्रवक्ताले सो दावीको खण्डन गरेका छन्।


सहयोग


पाकिस्तानको गुप्तचर संस्था र तालिबानका बीच संबन्ध रहेको आशंका त धेरै अगाडिदेखि गरिएको हो, तर लण्डनको स्कूल अफ इकोनोमिक्सको प्रतिवेदनले ती दुई बीच पहिला ठानिएभन्दा निकै गहिरो सहयोग रहेको संकेत गरेको छ।


प्रतिवेदन लेखकले यो वर्षको शुरुमा ९ जना तालिबान कमाण्डरहरुसंग कुरा गरेका थिए।


अरु ६ जना विद्रोहीहरुसंग पनि अन्तर्वार्ता गरिएको थियो।


उनीहरुले आइ एस आइले तालिबानलाई पैसा, तालीम र आश्रय दिईरहेको बताए।


अन्तर्वार्ता लिइएका मध्ये केहीका अनुसार आइ. एस. आइ. ले तालिबानको सर्वोच्च परिषदको बैठकमा समेत भाग लिन्छ।

images

उनीहरुको दावी छ, विद्रोहीहरुलाई समर्थन गरेर पाकिस्तानको सुरक्षा निकायले भारतको प्रभाव घटाउन कोसिस गरिरहेको छ।


असंभव

images

पाकिस्तानका सूचना मन्त्रीले ती दावीहरुको खण्डन गरे।


उनले भने, “उनको देशले आतंकवादका विरुध्दको लडाईंमा सबैभन्दा धेरै योगदान दिएको छ र पाकिस्तानका सुरक्षा र गुप्तचर संस्थाहरुले गठबन्धनका फौजलाई सहयोग गरिरहेका छन्।”

images

तर लण्डनको स्कूल अफ इकोनोमिक्सको प्रतिवेदनले भनेको छ, पाकिस्तानको सोचाइमा महत्वपूर्ण परिवर्तन नआएसम्म अफगान सरकार र अन्तर्राष्ट्रिय समुदायलाई अफगानिस्तानमा सशस्त्र संघर्ष अन्त्य गर्नु असंभव हुनेछ।