भारत र रुसका सैनिकहरुले नेपालको सीमा नजिक पहाडी इलाकामा संयुक्त सैनिक अभ्यास

काठमाडौँ, कात्तिक ३ –  भारत र रुसका सैनिकहरुले चीन र नेपालको सीमा नजिक भारतको उत्तराखण्ड राज्यको पहाडी इलाकामा संयुक्त सैनिक अभ्यास गरिरहेको रक्षा अधिकारीलाई उद्‍धृत गर्दै भारतीय समाचार एजेन्सीहरुले जनाएका छन्। इन्द्र २०१० नाम दिइएको १० दिने आतंकवादविरोधी सैनिक अभ्यास गत शुक्रबारदेखि सुरु भएको आइएएनएसले जनाएको छ।


सो अभ्यासमा २ सयभन्दा बढी रुसी र समान संख्यामा भारतीय सैनिक संलग्न छन्। उत्तराखण्डको चौबत्तिया क्षेत्रमा अभ्यास भइरहेको हो।


जनसंख्या धेरै भएको ठाउँमा आतंकवादी घुसपैठ कसरी रोक्ने र महत्त्वपूर्ण स्थानहरुलाई कसरी बचाउने भन्नेतर्फ अभ्यास केन्द्रित रहेको रक्षा अधिकारीले बताएका छन्।

रुस र भारतबीच रक्षासम्बन्ध पुरानो छ।  नयाँ दिल्लीले आफ्नो ४० प्रतिशत हतियार रुसबाटै खरिद गर्नेगर्छ।

 

नागरिक