सुरेश यादव, जनकपुर – जयनगरबाट जनकपुरतर्फ आउँदै गरेको नेपाल रेलले किचेर शनिवार दिउँसो एक युवकको मृत्यु भएको छ। चलिरहेको रेलमा चढ्न खोज्दा बीचैमा खसेपछि जनकपुर-१६ कपिलेश्वरका २२ वर्षीय रमेश साहको मृत्यु भएको हो।
रेलको पछिल्लो बोगीमा चढ्न खोजेका साह बीचैमा खसेपछि पछाडिका मालबाहक बोगीले किचेको थियो। लिकमा उनको घाँटी काटिएको रेल्वे कार्यालयले जनाएको छ। खजुरी स्टेशन नजिक दिउसो १२ बजे भएको घटना भएको थियो।
उनको शव पोष्टमार्टमका लागि जनकपुर अस्पतालमा ल्याइएको छ। गत मंगलवार सोही रेलले किचेर बिहार, जोंकीका एक १८ वर्षीय युवकको मृत्यु भएको थियो।
रेलमा यात्रा गरिरहँदा चप्पल तल खसेपछि लिन गएर फर्किंदा किचेर उनको मृत्यु भएको थियो।