प्रधानमन्त्री चुनावमा कांग्रेस रामचन्द्र पौडेलको पराजितपछि १४ औं चरणको अर्को निर्वाचन कार्तिक १२ गते हुने

काठमाडौं, कात्तिक ९  प्रधानमन्त्री चयनका लागि मंगलबार संसदमा भएको १३ औं चुनावमा कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल पराजित भएका छन्। उनको पक्षमा ३८ मत मात्र पर्‍यो।  विपक्षमा २ मत परेको चुनावमा ४४ संसद तटस्थ रहे।  संसदमा भएको निर्वाचनमा एक्ला उम्मेदवार रहेका कांग्रेस ससदीय दलका नेता रामचन्द्र पौडेल १३ औं पटक पराजित भएका हुन् ।

पौडेलले निर्वाचित हुन आवश्यक मत प्राप्त गर्न नसकेपछि १४ औं चरणको अर्को निर्वाचन कार्तिक १२ गते हुने भएको छ ।