रामचन्द्र पौडेलको शुक्रवार प्रधानमन्त्रीको चुनावमा चौधौं पटक एक्लै सहभागी हुँदैछन् । प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन अन्य दलहरुले गरिरहेको आग्रह नेपाली कांग्रेसले अस्वीकार गरेको छ।नयाँ केन्द्रिय समितिको पहिलो बैठकको पहिलो दिनको छलफलपछि कांग्रेसले त्यस्तो अडान दोहर्याएको हो।महाधिवेशन सकिएको महिना दिनपछि भएको नयाँ कार्यसमितिको पहिलो बैठक औपचारिकतामा मात्र सीमित थियो।
तर नवनिर्वाचित सभापति सुशील कोइरालाले राजनीतिक गतिरोधका विषयमा बैठकमा पार्टीको आधिकारिक धारणा पेश गर्ने क्रममा त्यस्तो अडान राखेका थिए । कांग्रेस नेता अर्जुन नरसिंह केसीले भने,



