बुटवल। नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले गम्भीर मोडमा रहेको नेपालको राजनैतिक अवस्था तीन दलका शीर्ष नेताहरूका कारण झनै हाँस्यास्पद बन्दै गएको बताउनुभएको छ ।
पे्रस चैतारी नेपाल रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेताहरूले अलोकतान्त्रिक र भ्रमपूर्ण तवरले आफ्ना स्वार्थ पूरा गर्ने प्रयास गरिरहेको दाबी गर्नुभयो ।
नेता ओलीले अहिलेको प्रमुख समस्या माओवादी भएको बताउँदै माओवादी निःशस्त्र नभएसम्म र शिविर खाली नभएसम्म उसको नेतृत्व सोच्न पनि नसकिने बताउनुभयो ।
सत्तामा पुग्न जस्तोसुकै निर्णय गर्ने प्रवृति नेतृत्वमा हाबी भएको बताउँदै नेता ओलीले कुनै किसिमको कृत्रिम ढङ्गले नभइ अहिलेको संविधान र लोकतान्त्रिक प्रक्रियाबाटै समस्याको समाधान खोजिनुपर्नेमा जोेड दिनुभयो ।
उहाँले माओवादीले राष्ट्रवादको खोल ओढेर भारत र नेपाली सेनालाई मुछेर गैरजिम्मेवार बन्न खोजेको आरोप समेत लगाउनुभयो । उहाँले नेपालको परराष्ट्र नीतिलाई सन्तुलित, व्यवहारिक र परिपक्व ढङ्गले सञ्चालन गरिनुपर्ने समेत आवश्यकता औँल्याउनुभयो ।
नेता ओलीले प्रधानमन्त्रीको निर्वाचनबाट रामचन्द्र पौडेलले उमेदवारी फिर्ता लिएपछि सहमति जुट्छ भन्नु फेरि धोखा दिने रणनीति भएको बताउनुभयो । उहाँले भन्नुभयो-