गएको दुई सातामा भएका दुईवटा शीर्ष वार्ताले कुनै उपलब्धि नदिएपछि सरकार समर्थक दलहरुले बजेट ल्याउने सरकारको तयारीप्रति समर्थन जनाएका छन्।
सरकारले मंसिरको ३ गते संसदमार्फतनै बजेट ल्याउने तयारी गरिरहेको छ।
प्रतिपक्षी माओवादीले भने कामचलाउ सरकारले बजेट ल्याए आफुले विरोध गर्ने जनाएको छ।
खासगरि अर्थविद एवं व्यवसायीहरुबाट बजेट विना अर्थतन्त्र संकटको भूमरीमा पर्ने चेतावनी आएका थिए।
चर्को दबाबमा परेका प्रधानमन्त्री माधवकुमार नेपाललाई सरकार समर्थक दलहरुले भने राहत दिलाएका छन्।
उनले शनिबार डाकेको छलफलमा सबैले समयमै बजेट ल्याउन उनलाई सुझाव दिए।



