काँग्रेसका एकमात्र उम्मेदवार रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित गर्न माग

काठमाडौ। नेपाली काँग्रेस केन्द्रीय समिति र संसदीय दलको आइतबार बसेको संयुक्त बैठकले संसदमा जारी प्रधानमन्त्री निर्वाचनमा काँग्रेसका एकमात्र उम्मेदवार रामचन्द्र पौडेललाई प्रधानमन्त्रीमा निर्विरोध निर्वाचित गर्न माग गरेको छ ।


सो बैठकले सभामुख समक्ष काँग्रेस उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्न आव्हान गर्ने निर्णय गरेको छ ।


संसदमा जारी प्रधानमन्त्री निर्वाचन सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको विश्लेषण गर्दै आजको बैठकले एकमात्र उम्मदेवार रहेको सन्दर्भमा आफ्ना उम्मेदवारलाई प्रधानमन्त्रीमा निर्वाचित गर्नु कानुनी राज्यको सम्मान र राजनीतिक रुपले पनि उपयुक्त हुने ठहर गरेको छ ।


त्यसका लागि काँग्रेसले सबै सभासद्, राजनीतिक दल, नागरिक समाजलाई सहयोगको लागि आव्हान गरेको पनि गरेको छ ।