काठमाडौ, कार्तिक २९ – पूर्व राजा ज्ञानेन्द्र शाह दुई साता लामो भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । सोमबार अपरान्ह ज्ञानेन्द्र र पूर्व रानी कोमल शाह भारत प्रस्थान गरेका हुन् ।
भ्रमण व्यक्तिगत र पारिवारिक भएको जनाइएको छ । भ्रमणका क्रममा उनले भारतका राजनीतिज्ञसंग भेटघाट गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।