प्रधानमन्त्री निर्वाचन मंसिर ३ गते सम्मका लागि स्थगित ॥

सर्वोच्च अदालतको फैसलापछि व्यबस्थापिका संसदमा जारी प्रधानमन्त्रीको निरर्थक निर्वाचन मंसिर ३ गते सम्मका लागि स्थगित गरिएको छ । व्यबस्थापिका संसदको आज बसेको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङ्गले ुविशेष कारणु दर्शाउदै मंसिर तीन गते सम्मका लागि स्थगित गरिएको जानकारी गराउनु भएको हो । यसअघि कार्यव्यबस्था परामर्श समितिको बैठकमा सर्वोच्चको फैसलाको सम्मान स्वरुप आजको निर्वाचन स्थगित गरेर नयाँ विकल्प खोज्ने सहमति भएको कानून मन्त्री पे्रमबहादुर िसंहले जानकारी दिनुभयो । बैठकमा सर्वोच्च अदालतले संसदलाइ पठाएको पत्र वितरण गरेर छलफल गरिएको थियो । माओवादी प्रवक्ता दीनानाथ शर्माले पनि मंसिर ३ अगावै संविधान संशोधन वा नियमाबली संशोधन लगायतका विबल्प खोज्ने सहमति भएको बताउनुभयो । यसकालागि कार्यव्यबस्था परामर्श समितिको बैठक मंसिर ३ अगावै बस्नेछ । कार्यव्यवस्था समिति बैठकमा मंसिर ३ गते पहिला प्रधानमन्त्री निर्वाचित गर्ने र सोही दिन बजेट पेश गर्नेगरी कार्यक्रम तय गरिएको छ । कार्यव्यवस्था बैठकमा कागे्रसले रामचन्द्र पौडेललाइ निर्विरोध प्रधानमन्त्री घोषणागर्न प्रस्ताव गरेपनि त्यस बिषयमा सहमति नभएपछि अन्य विकल्प खोज्न निर्वाचन स्थगित गरिएको हो । नेपाली कागे्रसका सभासद शोभाकर पराजुलीले भने सभामुखले २५ प्रतिसत सभासदको उपस्थितिविना संसद बैठक संचालन गरेको भन्दै नियमापत्ति गर्नुभएको थियो ।