काठमाडौ, कात्तिक ३० – संविधानसभा, राज्य पुनसंरचना, सङ्घीय मामिला तथा संस्कृति मन्त्री मिनेन्द्र रिजालले शिविरमा रहेका लडाकुले माओवादीको विस्तारित बैठकमा भाग लिए त्यसले युद्ध निम्त्याउने बताएका छन्। तर माओवादी नेता सीपी गजुरेलले भने लडाकुहरु यो बैठकमा सहभागी हुने बताएका छन्।
सेना समायोजन विशेष समितिका सदस्यसमेत रहेका रिजालले रिपोर्टर्स क्लब नेपालले मङ्गलबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै लडाकु पार्टीको विस्तारित बैठकमा भाग लिए त्यो शान्ति सम्झौता विपरित हुने र त्यसले मुलुकलाई लोकतन्त्रभन्दा पनि सर्वसत्तावादतर्फ लैजाने चेतावनी दिए। लडाकुलाई पार्टीको बैठकमा सहभागी गराउने कुराले माओवादी शान्ति प्रक्रियाप्रति प्रतिबद्ध छैन भन्ने प्रष्ट बनाएको पनि उनले बताए।
रिजालले विशेष समितिको काम लडाकु र पार्टीबीचको सम्बन्ध विच्छेद गर्ने हो भन्दै पार्टीसँगको सम्बन्ध स्थापित गराउने नभएको पनि बताए। संविधानले दिएको जिम्मेवारीअनुसार समितिले काम गर्छ भन्दै उनले तोकिएको काम र संविधानविरुद्धको काम समितिले नगर्ने बताए। उनले विशेष समितिमा सो विषय छलफलको एजेण्ड बन्नेसमेत स्पष्ट पारे।
माओवादी नेता सीपी गजुरेलले भने पार्टीको गोरखामा हुने विस्तारित बैठकमा माओवादी लडाकु सहभागी हुने बताएका थिए। उनले बाहिर हल्ला भएजस्तो त्यहाँ एउटैमात्र प्रतिवेदन प्रस्तुत हुनै नसक्ने ठोकुवा गरे। उनले अध्यक्ष र दुई उपाध्यक्षको अलग अलग प्रतिवेदन सबै प्रस्तुत हुने र त्यसमा छलफल हुने स्पष्ट पारे। गजुरेलले एउटैमात्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अध्यक्षले प्रतिवेदन लेखिरहेको भन्ने जिज्ञासामा अध्यक्षले लेखेको विषय सुझाव हुन सक्ने तर समायोजित प्रतिवेदन हुने नसक्ने ठोकुवा गर्दै भने