सर्वोच्च अदालतका तीन जना अस्थायी न्यायाधीश संसदीय सुनुवाइपछि सर्वसम्मत

काठमाडौं, कात्तिक २९-सर्वोच्च अदालतका तीन जना अस्थायी न्यायाधीश संसदीय सुनुवाइपछि सर्वसम्मत रुपमा स्थायी न्यायाधीश भएका छन्। स्पष्टिकर लिन र उनीहरुका योजनाबारे खुलस्त पार्न मंगलबार भएको संसदीय सुनुवाइमार्फत् गिरिशचन्द्र लाल, अवधेसप्रसाद यादव तथा सुशिला कार्की स्थायी न्यायाधीश नियुक्त भएका हुन्।